2026-08-24 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से ३ हजार विन्दुमाथि, कारोबार रकम ११ अर्ब नाघ्यो

साउन ७, काठमाडौं । सेयर बजार परिसूचक नेप्से तीन हजार माथि उक्लिएको  छ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से परिसूचक १८ दशमलभ ७५ अंकले बढेर ३ हजार ४ दशमलभ ३१ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.०६ अंकले बढेर ५६२ दशमलभ २४ विन्दुमा पुगेको छ । आज बैंकिङ्ग हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहहरु चम्किदा समग्र नेप्सेमै सकारात्मक प्रभाव पर्न गएको हो । 

यस दिन कुल २२२ कम्पनीका ५ करोड ५९ लाख कित्ता माथिको सेयर १ लाख १४ हजार पटक माथि किनबेच हुँदा अधिकतम ११ अर्ब ११ करोड ४१ लाख माथिको कारोबार भएको छ । 

आज मूल्य बढ्ने १० शीर्ष कम्पनीहरुको सूचीमा अधिकांश म्युचुअल फण्ड र जलविद्युत कम्पनी रहेका छन्। जसमध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन लक्ष्मी उन्नती कोष, ङादी ग्रुप पावर, सिईडिबी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पोखरा फाइनान्स र लक्ष्मी इक्वीटी फण्डको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन शेयरमूल्य घट्ने कम्पनीहरुको गिरावटदर भने ५ प्रतिशतभन्दा कम छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन १.७२ प्रतिशत र वित्तको १.५२ प्रतिशत बढेको छ। यता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४६ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन