2026-09-22 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेँसीशहर–चामे सडकखण्ड : नयाँ ट्र्याक खोल्न अध्ययन शुरु

नवीन लामिछाने । साउन १०, मनाङ (रासस)। जिल्लालाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ । बाढीपहिराका कारण गत जेठ १४ गतेदेखि बेँसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत्समेतबाट समेत सम्बन्ध टुटेको  छ । 

सो सडक खण्डको धेरै भागमा नयाँ ट्र्याक खोल्नुपर्ने भएपछि नेपाली सेनाको प्राविधिक टोलीले शनिबारदेखि अध्ययन थालेको जनाइएको छ । प्राविधिक टोलीको नेतृत्व महासेनानी इन्दिवर गुरुङले गर्नुभएको  छ । उहाँकै नेतृत्वमा तत्कालीन समयमा बेँसीशहर–चामे सडकको  ट्र्याक खोल्ने काम सम्पन्न भएको थियो ।

 प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नयाँ ट्र्याक खोल्न सेनाको प्राविधिक टोलीले अध्ययन थालेको जानकारी दिनुभयो । बेँसीशहर–चामे सडकखण्डको प्रायःजसो ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । सो टोलीले यस्ता स्थानमा सडक निर्माण गर्न मिल्ने, नमिल्ने विषयमा अध्ययन गर्ने नेपाली कांग्रेसका सभापति टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।“मनाङवासीको सहज र सुरक्षित यातायातका लागि सडक सञ्जालसँग छिटो जोडिनुपर्छ । ” उहाँले भन्नुभयो । 

पूर्वमन्त्री गुरुङ,सेनाका टोली, गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी लामिछाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्का र समाजसेवी खामसुङ गुरुङलगायतले अध्ययन थाल्नुभएको हो । 

माटोको अवस्था अध्ययन तथा अनुगमनपछि प्राविधिक टोलीले सो सडक खण्डको नयाँ ट्र्याक खोल्ने प्रक्रियामा अगाडि बढ्नेछ । प्राविधिक टोली अध्यायन तथा अनुसन्धानका लागि पुगेपछि जिल्लावासी हर्षित छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो