२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवाको माछा दार्चुलासम्म

२०७८, ११ श्रावण सोमबार ०६:०१

साउन ११, रसुवा (रासस)। उत्तरी हिमाली क्षेत्रमा माछापालनको जागरण गराई आयवृद्धिमा सहज पार्ने उद्देश्यले रसुवामा उत्पादित ट्राउट माछाका भुरा नेपालको पश्चिमी क्षेत्र दार्चुलासम्म विस्तार भएको छ । रसुवामा माछापालन गर्ने किसानको सङ्ख्यामा कमी आएसँगै  रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाले किसानको चाहनाअनुरूप प्राविधिक ज्ञानसमेत प्रदान गरी दार्चुलालगायतका जिल्लामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो । विसं २०७१ देखि यहाँ स्थापना भएको मत्स्य अनुसन्धान केन्द्रले जापानी रेन्बो ट्राउट उत्पादनका साथै चीनबाट ल्याइएका दानासेन र सुइकी वान नामक चिनियाँ माछाका भुरासमेत परीक्षण उत्पादन शुरू गरेको छ ।

त्रिशूली नदीको पानी प्रयोग गरी उक्त केन्द्रले धुञ्चेस्थित इमरुङ क्षेत्रमा लाखौँ माछाका भुरा उत्पादन गरिरहेको छ तर स्थानीयस्तरमा पालन गर्ने किसानको सङ्ख्या भने पाँच जनामा मात्रै सीमित रहेपछि अन्य जिल्लामा समेत आफ्नो कार्यथलो विस्तार गरेको मत्स्य प्राविधिक बताउँछन् । विसं २०७२ को विनाशकारी भूकम्पले अधिकांश माछाका पोखरी क्षति पुर्याएपछि आर्थिक समस्याले पोखरीको पुनःनिर्माण हुन नसक्दा रसुवाका विपन्न किसानलाई पालनको व्यवस्थापनमा समस्या पर्न थालेको हो ।

आर्थिक अवस्था कमजोर भएको र क्षतिको मूल्याङ्कन गरी राहत दिने एवं सुनुवाइ गर्ने निकायको अभाव भएपछि चाहना हुँदाहुँदै माछापालनमा लगनशीन हुन नसकेको किसानले गुनासो गरेका छ । माछा भुराको उत्पादन एवं प्राविधिक ज्ञानबाहेक पूर्वाधार निर्माणको काम गर्न नसक्ने भएका कारण मत्स्य केन्द्रले पालनको सूचीकृत भएका अन्य जिल्लामा कार्यक्षेत्र विस्तार गरेको बताइन्छ ।

रेन्बो ट्राउट माछाका लागि नेपाल कृषि अनुसन्धान परिषद्ले विभिन्न ५५ जिल्लामा उपयुक्त प्रमाणित गरेका कारण कृषकको चाहनाका आधारमा कार्यक्षेत्र फराकिलो पार्दै लगिएको उक्त केन्द्रका प्रमुख महेन्द्र भण्डारीले जानकारी दिनुभयो । माछाको लागि वैज्ञानिक संस्था भएका कारण किसानको चाहना एवं मागअनुरूप भौगर्भिक अवस्था, पानीको उपयोगिता तापक्रमसमेतको अध्ययन र तालिमसमेतको प्राविधिक ज्ञान प्रदान गरी कार्यक्षेत्र विस्तार गरिँदै लगिएको छ ।

दार्चुलाका साथै गुल्मी, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा र नुवाकोट जिल्लामा समेत कार्यथलोका रूपमा विस्तार भइसकेको मत्स्य प्राविधिक विशेष कोइरालाले बताउनुभयो । माछापालन गर्ने इच्छा देखाई सीप लिन आउने किसानलाई आफ्ना प्राविधिकको साथमा सात देखि २१ दिनसम्म प्रशिक्षण दिने गरिएको छ । हिमाली क्षेत्र चिसो स्थान भएका कारण ज्ञान सिक्ने किसानलाई केन्द्रको हाताभित्रै बसोबासको व्यवस्था मिलाइएकाले बिहानदेखि बेलुकासम्म सीप हासिल गर्न सहज भएको छ ।

रेन्बो ट्राउट माछाबाट लाभ लिन २०० ग्रामसम्मको वजन हुनुपर्ने र यसको हुर्कने अवधि भने आठदेखि १३ महिनासम्म लाग्ने प्राविधिक कोइराला बताउनुहुन्छ । हालसम्म जापानी ट्राउटको भालेपोथीको बिजारोपण गराई उत्पादन गराउँदै आएकामा चिनियाँ जातसमेत आनुवंशिक सुधारका लागि विभिन्न देशबाट बिज आयात गरी प्राविधिक विस्तार गर्ने लक्ष्य लिइएको सो केन्द्रले जनाएको छ ।

एउटै वंशको भन्दा अर्को वंशसँग मिश्रण गराउँदा छिटो बढ्ने र धेरै उत्पादन लिन सकिन्छ कि भन्ने सोचाइका साथ परीक्षण गर्न लागिएको प्रमुख भण्डारीले बताउनुभयो । दानासेन एवं सुइकी जात माछापालन गर्न चाइना नेपाल कोअपरेशन परियोजनामार्फत रसुवागढी नाकाबाट आँखा उम्रेका माछाका अण्डा सहयोगस्वरूप निःशुल्क प्राप्त भएको छ । चिनियाँ प्रविधिको ज्ञान हस्तान्तरणका लागि एक जना चिनियाँविज्ञसमेत केन्द्रमा रहेको बताइएको छ । 

केन्द्रले ३९ वटा पोखरी निर्माण गरेको छ । तीमध्ये भुरा पोखरी २४, हुर्काउला नौ एवं माउ पोखरी छ वटा रहेका छन् । कार्यालयसमेतको पूर्वाधार निर्माणमा हालसम्म करिब रु ३० करोडभन्दा बढी रकम राज्यकोषले खर्च गरिसकेको बताइन्छ । गत वर्ष उत्पादन गरिएकामध्ये ४० हजार भुरा र ६४ हजार आँखा उम्रेका अण्डा कृषकसामु वितरण गरिएको उक्त केन्द्रका प्राविधिक बताउँछन् ।

रेन्बो ट्राउट माछाको उत्पादनका लागि स्थानीयस्तरमै ज्ञानसीप भएका कारण पालन कार्यमा सहभागी भई घरआँगनमै बसेर आयवृद्धि गर्ने कार्यमा सहभागी भइदिन सम्पूर्ण कृषकसमक्ष आग्रह गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा