१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्यान नम्बर अपडेट गराउन लगानीकर्तालाई नेप्सेको आग्रह

१३ श्रावण २०७८, बुधबार ०७:३४

साउन १३, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर लगानीकर्तालाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) अपडेट गराउन आग्रह गरेको छ । अधिकांश लगानीकर्ताले फरक प्यान नम्बर अपडेट गरेको पाइएपछि नेप्सेले बुधबार एक सूचना जारी गर्दै उनीहरुलाई आफ्नो प्यान नम्बर ठीक हो वा होइन भन्नेमा यकिन गरेर मात्रै अपडेट गर्न आग्रह गरेको हो ।

नेप्सेले विगतदेखि नै सिडिएस एण्ड क्लियरिङ्गको सीएनएस सिष्टमबाट प्राप्त पुँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गर्दै आएको छ । सो क्रममा अधिकांश लगानीकर्ताको प्यान नम्बर फरक फरक प्रविष्टि गरिएको पाईएपछि उक्त नम्बर आन्तरिक राजस्व विभागको साइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ ।

साथै, उक्त फरक प्यानले गर्दा लगानीकर्ताको प्यान नम्बरमा पुँजीगत लाभकर जम्मा नभएको गुनासो आएको नेप्सेले प्रष्टाएको छ । त्यस्तै, प्यान नम्बरको कारणले लगानीकर्ताको वास्तविक प्यान नम्बरमा पुँजीगत लाभकर नगएमा स्वयं ब्रोकर जवाफदेही हुनुपर्ने समेत नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह