चन्द्रागिरी हिल्स २५ करोड ३८ लाख घाटामा

साझासवाल
1 Min Read

साउन २५, काठमाडौँ । कोरोना महामारीका कारण लामो समय बन्द रहेको चन्द्रागिरी हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँमा घाटामा देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष पनि चन्द्रागिरी हिल्स साढे १० करोड रुपैयाँ भन्दा धेरै घाटामा थियो । कोरोना भाइरस महामारी नियनत्रणका लागि सरकारले गत वर्ष नै लकडाउन गरेको थियो । गत वर्ष लामो समय र यस वर्ष हालसम्म पनि चन्द्रागिरी केवलकार तथा रिसोर्ट खुला हुन सकेको छैन ।

लामो समय बन्द गर्नु पर्दा चन्द्रागिरीको आम्दानी घटेर नोक्सान भएको हो । वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको ४१ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी थियो ।

चन्द्रागिरिको घाटा चुलिएका कारण जगेडा कोष पनि ऋणात्मक निक्कै बढेर गएको छ। करिव १८२ प्रतिशतले ऋणात्मक जगेडा बढेको हो। वित्तीय विवरण अनुसार, जगेडा कोष ३९ करोड ३५ लाख रुपैयाँले ऋणात्मक भसकेकोछ ।

कम्पनीको परफर्मेन्स खराब रहेपनि सेयर मूल्य १५८८ रुपैयाँ छ । प्रति सेयर आम्दानी साढे १६ रुपैयाँले ऋणात्मक छ।

Share This Article
Leave a Comment

Leave a Reply