१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रागिरी हिल्स २५ करोड ३८ लाख घाटामा

२५ श्रावण २०७८, सोमबार ०५:०६

साउन २५, काठमाडौँ । कोरोना महामारीका कारण लामो समय बन्द रहेको चन्द्रागिरी हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँमा घाटामा देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष पनि चन्द्रागिरी हिल्स साढे १० करोड रुपैयाँ भन्दा धेरै घाटामा थियो । कोरोना भाइरस महामारी नियनत्रणका लागि सरकारले गत वर्ष नै लकडाउन गरेको थियो । गत वर्ष लामो समय र यस वर्ष हालसम्म पनि चन्द्रागिरी केवलकार तथा रिसोर्ट खुला हुन सकेको छैन ।

लामो समय बन्द गर्नु पर्दा चन्द्रागिरीको आम्दानी घटेर नोक्सान भएको हो । वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको ४१ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी थियो ।

चन्द्रागिरिको घाटा चुलिएका कारण जगेडा कोष पनि ऋणात्मक निक्कै बढेर गएको छ। करिव १८२ प्रतिशतले ऋणात्मक जगेडा बढेको हो। वित्तीय विवरण अनुसार, जगेडा कोष ३९ करोड ३५ लाख रुपैयाँले ऋणात्मक भसकेकोछ । 

कम्पनीको परफर्मेन्स खराब रहेपनि सेयर मूल्य १५८८ रुपैयाँ छ । प्रति सेयर आम्दानी साढे १६ रुपैयाँले ऋणात्मक छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह