२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि बुद्धभुमी नेपालको आईपीओ विक्री खुला

२०७८, ३२ श्रावण सोमबार ०५:२७

साउन ३२, काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आज साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन गर्दैछ । कम्पनीले नुवाकोट जिल्लाका बासिन्दाहरुको लागि ४ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो ।

बुद्धभुमीले १२ लाख कित्ता साधारण शेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता शेयर नुवाकोट जिल्लाका बासिन्दाका लागि छिटोमा भदौ १४ गतेसम्म र ढिलोमा भदौ २९ गतेसम्म बिक्री खुला गर्ने छ । स्थानीय प्रभावित बासिन्दाले नुवाकोट जिल्लामा रहेका बैंकहरु ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।

प्रभावित बासिन्दाले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तोदी खोला जलविद्य आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ८० लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यस हिसावले आयोजनाको जम्मा लागत एक अर्ब १९ करोड रुपैयाँ पर्न जानेछ ।

पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाएको शेयर बिक्री गरिसके पछि दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर निष्काशन गर्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक समुहको ७० प्रतिशत अर्थात २८ करोड रुपैयाँ, १० प्रतिशत प्रभावित बासिन्दाका लागि ४ करोड रुपैयाँ र सर्वसाधारणका लागि २० प्रतिशत अर्थात ८ करोड रुपैयाँ सहित जम्मा चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने छ ।

आयोजनाको निर्माण सम्पन्न भएर विद्युत विक्री हुन थाले पछि कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ