Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नबिल बैंकको नाफा ३० प्रतिशतले बढ्यो, खुद मूनाफा ४ अर्ब ५० करोड

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३२, काठमाडौं । मुलुकको पहिलो ज्वाइन्ट भेन्चर बैंक नबिल बैंकको मूनाफा साढे ४ अर्ब नाघेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंकले गत आवमा २ खर्ब २३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब बढी कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १७.१२ र कर्जा ३३.८० प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ९८ करोड रहेको खूद ब्याज आम्दानी बढेर ७ अर्ब ७२ करोड ५ अर्ब ९ करोडमा सीमित सञ्चालन नाफा बढेर ६ अर्ब ४३ करोड पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३४.३० रुपैयाँबाट घटेर ३२.३० रुपैयाँमा झरेको छ । बैंकको निस्कृय कर्जा अुनपातमा पनि केही सुधार देखिएको छ ।