2026-09-22 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

साउन ३२, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ बिन्दुले बढेर ५९२.९३ मा पुगेको छ । कूल २२७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर रु १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार ९३८ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्यो भने सात उपसमूहको शेयर उकालो लाग्यो । बैंकिङ ११.३३, होटल तथा पर्यटन ३२.७३, वित्त २८.५१, निर्जीवन बीमा ६७.३६, जीवन बीमा १७२.८७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । यस्तै, व्यापार ६४.७३, विकास बैंक ७४.७३, जलविद्युत् ४०.१२, उत्पादन १५८.९८, अन्य ३.६, लघुवित्त ५६.८२ र लगानी २.६८ बिन्दुले बढेको छ । 

कारोबारका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७४ करोड ९७ हजार ४५६ बराबरको कारोबार भयो । नेपाल बैंक रु ६४ करोड ७० लाख २४ हजार ३२१, एचआइडिसिएल रु ५४ करोड ८४ लाख ७४ हजार ७९६, ङादी ग्रुप अफ पावर रु ४८ करोड ४८ लाख ८६ हजार ६४८, अपि पावर कम्पनी रु ४७ करोड ९७ लाख ३१ हजार ५९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

पाँच कम्पनीको शेयरमा सर्किट 

नेप्से झिनो अङ्कले बढे पनि विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्म्क सर्किट लागेको छ । नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतको वृद्धि भयो । 

यस्तै, आइसिएफसी फाइनान्स ६.२७, माउण्टेन इनर्जी नेपाल ५.३३, यूनियन लाइफ इन्स्योरेन्स ४.५३, ङादी ग्रुप अफ पावर ४.३३ र नेपाल एसबिआई बैंकका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो