Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेप्से परिसूचक हालसम्मकै उच्च, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २, काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से सूचक ३७.८७ अंकले बढेर ३१९८.१९ को बिन्दुमा पुगेर हालसम्मकै उच्च बिन्दुको रेकर्ड कायम भएको हो ।  यसअघि ३ हजार १ सय ७९ अंकमा पुगेर नेप्सेले नयाँ रेकर्ड कायम गरेको थियो ।

आज कारोबारमा आएका २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७ सय ५१ कित्ता शेयर खरिद बिक्रिबाट २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजर २ सय ६९ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेशनल हाइड्रोको मात्र ७८ करोड ८७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै अपि पावरको ६३ करोड ४६ लाख, लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख, तथा ज्योति विकास बैंकको ५६ करोड १५ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये म्युचुअल फण्ड, अन्य र ट्रेडिङ समुह बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये विकास बैंक समुह सबैभन्दा  धेरै ५.६१ प्रतिशतले बढेको छ भने फाइनान्स समुह ४.७९ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड समुह सबभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये अरुण भ्याली हाइड्रो, अरुण काबेली, शिवम सिमेन्ट, जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने आँखु खोला हाइड्रोको मूल्य ९.९८ प्रतिशत र महालक्ष्मी विकास बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।

त्यस्तै, एसबीएल डिभेञ्चरको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।