२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुरमा ‘नो रेबिज, नो बेबिज’ अभियान

२ भाद्र २०७८, बुधबार ११:४५

भदौ २, ललितपुर (रासस)। ललितपुर महानगरपालिकामा  सामुदायिक (भुस्याहा) कुकुरलाई रेबिजविरुद्धको खोप र बन्ध्याकरण गरी ‘नो रेबिज, नो बेबिज’ अभियानको थालनी गरिएको छ । ‘रेबिजमुक्त ललितपुर’ को सपना साकार तुल्याउन महानगरपालिकाको पहल र स्नेहा केयरको सहयोगमा सो कामको थालनी मङ्गलबारदेखि गरिएको हो । मुलुकले आउँदो सन् २०३० सम्म रेबिजबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिइरहँदा खासै पहल नगरेको देखेपछि आफूहरू सो काममा लागिपरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले २९ वडाभित्रका कुकुरलाई खोप दिन थालिसकेका छौं  । यसबाट मानिसलाई समेत हुनसक्ने जोखिमको मूल्याङ्कन गरी अघि बढ्न जरुरी देखियो ।” यसैगरी सडकमा घाइते भएका छाडा चौपायाको व्यवस्थापन अनि रेखदेख तथा उद्धारका लागि एउटा भेटनरी एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढिरहेको महर्जनले जानकारी गराउनुभयो । 

मङ्गलबार महानगरपालिका–१६ स्थित पाटन दरबार परिसरमा ८५ र आज ७२ गरी कूल १५७ कुकुरलाई खोप लगाइसकेको विगत सात वर्षदेखि पशु कल्याणसम्बन्धी कार्यक्रम गर्दै आएको संस्थाका संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संस्थामा रहेको एप्सले कुकुरको सङ्ख्या गन्ती गर्छ र यसलाई स्प्रे गरी खोप लगाइन्छ । खोप लगाएको ठाउँमा चार वा पाँच दिनपछि गएर हेर्दा यदि कुनै कुकुरको जीउमा स्प्रे गरेको देखिएन भने त्यसलाई समातेर स्प्रे गरी खोप लगाएर रेबिजमुक्त गराइन्छ ।” विगत दुई वर्ष पहिले महानगरपालिकामा लगभग १० हजार सामुदायिक कुकुरलाई खोप लगाइएको र यस पटक भने भालेपोथीसमेत छुट्टाएर तथ्याङ्क सङ्कलन गरी बन्ध्याकरण गर्ने योजना बनाइरहेको श्रेष्ठले बताउनुभयो । 

ललितपुरमा सो अभियान सफल बनाउन हरेक दिन बिहान  ५ः३० देखि १० बजेसम्म कुकुर भोकाएर फोहर खाने ठाउँमा जम्मा भएका बेला स्प्रे गरी रेबिजको खोप दिइरहेको श्रेष्ठको भनाइ छ । “दिउँसो र बेलुका कुकुर एकै ठाउँमा नबस्ने र मानिसको पनि भीडभाड हुने भएकाले आउँदो असोज १३ अर्थात् २९ सेप्टेम्बर ‘विश्व रेबिज दिवस’का दिनसम्म ललितपुरमा खोप लगाइसक्ने योजनाअनुरुप धमाधम काम गरिरहेका छौँ, उहाँले थप्नुभयो । 

मुलुकमा कोरोना महामारी बढेर बन्दाबन्दी भएको समयमा सो संस्थाले दुई हजार ५०० देखि तीन हजार कुकुर, बाँदर, गाईलाई बिस्कुट, उसिनेको आलु, केरा, चना, चामलका कनिका र बन्दाकोपीको पात आदि खुवाएर रेखदेख गरेको बताइएको छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुरले अर्काेलाई टोक्दा एकपछि अर्काेमा सर्दै जाने र त्यसको र्यालमा रहेको भाइरस टोकाइबाट घाउका माध्यम हुँदै शरीरमा प्रवेश गर्ने गर्छ । मानिसमा रेबिज लागेमा ज्वरो आउने अनि शरीर झमझमाउने आदि लक्षण देखिनाका साथै पानी, तथा हावादेखि डराउने, चिटचिटाहट हुने र रिसाउने समस्या पनि देखिन्छ । सो कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म सुई लगाउनुपर्ने चिकित्सकको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे