१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट, बजार पूँजीकरण ४४ खर्ब ४३ अर्ब

३ भाद्र २०७८, बिहीबार १२:४७

भदौ ३, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन देखिएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ बिन्दुले घटेर ५९०.१५ बिन्दुमा सीमित भएको छ । कूल २२९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६९७ कित्ता शेयर रु २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १८.७१, निर्जीवन बीमा ४५७.४७, अन्य ३४.२२, लघुवित्त ५०.६३ र जीवन बीमा ४६८.५७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १९.५५, होटल तथा पर्यटन ३०.०७, विकास बैंक १६२.४५, जलविद्युत् १२३.३१, वित्त ७३.३१, उत्पादन १९.२८, सामूहिक लगानी कोष ०.१ र लगानी ४.९२ बिन्दुले घटेको छ । 

कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब १६ करोड ७८ लाख ३२ हजार ४३५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर रु एक अर्ब १६ करोड ५२ लाख ४० हजार ३८७, नेशनल हाइड्रोपावर रु ८३ करोड ३२ लाख २० हजार २४२, रिडी हाइड्रोपावर रु ५७ करोड ९८ लाख ६१ हजार ३२० र एचआइडिसिएल रु ४८ करोड ६९ लाख सात हजार २२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । रिडी हाइड्रो पावर ८.५९, साना किसान लघुवित्त ७.५१, सिइडिबी हाइड्रोपावर ६.९५ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ६.३२ प्रतिशतले कमाए । 

यस्तै एचआडसिए, खानीखोाला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आउँदा नकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अफ पावर ८.७६ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.१८ प्रतिशतले गुमाए । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ४३ अर्ब १८ करोड सात लाख ८८ हजार २१८ बराबर पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै