२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माथिल्लो मनाङ जोड्न अब नयाँ ट्रयाक

२०७८, ५ भाद्र शनिबार १०:२५

भदौ ५, मनाङ (रासस)। अविरल वर्षाका कारण आएको बाढीपहिरोले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिरोले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले तल्लो र माथिल्लो मनाङको सम्बन्ध विच्छेद भएको छ । 

माथिल्लो मनाङसँग जोडिने जोखिमपूर्ण स्थलमार्ग अवरुद्ध भएपछि आवतजावत पूर्ण रुपमा बन्द भएको छ । धेरै स्थानमा सडक सञ्जालबाट छुटिएको मनाङलाई जोड्नका लागि नयाँ ट्रयाक बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

“मनाङको लाइफ लाइनका रुपमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा नयाँ ट्रयाकसहितको भिरको कटान भइरहेको छ, यो भिरमा ट्रयाक निर्माण भएपछि माथिल्लो मनाङसँग जोडिनेछ”, सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भने । तल्लो र माथिल्लो मनाङ जोड्ने सडक खण्डअन्तर्गत सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भिरमा बाढीपहिरोले सडक  पूर्णरुपमा क्षति भएको छ । 

यस भिरमा सडक निर्माण भएपछि माथिल्लो र तल्लो मनाङ आवतजावतमा सहज हुने उनले बताए । माथिल्लो मनाङका मानिस सामान्य बिरामी भएको अवस्थामा समेत चामेस्थित स्वास्थ्य कार्यालय मनाङसम्म ल्याउन मुस्किल रहेकाले यस सडक मर्मत पश्चात् यहाँ सहज यात्रा गर्न सकिने उनले बताए । “अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिरोले धेरै जोखिम बढाएको छ, बम प्रहार गर्नका लागि ड्रिलिङको काम भइरहेको छ, नेपाली सेनाले उक्त क्षेत्रमा चट्टानलाई कोपेर र बम प्रहार गरी बाटो निर्माणको काम गरिनेछ”, इञ्जिनीयर अधिकारीले भने ।

यहाँ चट्टानलाई कोपेर केही भित्रपट्टिबाट सडक सञ्जाल बनाइएको छ । उनका अनुसार उक्त क्षेत्रमा सडक निर्माणका लागि ड्रिलिङको काम सकिएपछि बम हानेर सडक निर्माण गरिनेछ ।  सडक निर्माणका लागि चट्टानमा प्वाल बनाउने कार्य भइरहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए ।

उनका अनुसार सडक सञ्जाल जोड्नका लागि अन्य स्थानमा जेसिबीको प्रयोगबाट खन्ने कार्य भइरहेको छ । बेंसीशहर–चामे सडक अन्तर्गतको बेंसीशहरबाट माथि २२ किमी सडक खुलाइ सकिएको छ । त्यस्तै चामेबाट माथिल्लो क्षेत्रमा पनि सडक खुलाइसकिएको छ भने तलेखु–भ्राताङ भिरको सडक बन्ने प्रक्रियामा छ । 

उक्त सडक मर्मतका लागि गृहमन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट इन्धन ल्याइएको थियो । जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । तर पुनः गत असार १ गते आएको बाढीपहिरोले मनाङका धेरै स्थानमा सडक पूर्णरुपमा क्षति भएका छन् । अहिले उक्त क्षेत्रमा नेपाली सेनाले पहाड फोडेर सडकको नयाँ ट्रयाक निर्माण भइरहेको इञ्जिनीयर अधिकारीले जानकारी दिए ।

बाढीपहिरोको क्षति पुर्याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भएबमोजिम मर्मत थालिएको हो । बेंसीशहर–चामे सडकखण्ड १०७ किलोमिटर रहेको छ । सडक अन्तर्गत केही स्थानमा नयाँ ट्रयाक पनि खुलाउने प्रयास भइरहेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी