<p><b>भदौ ७, काठमाडौं । </b> नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, सुनको मूल्यमा प्रतितोला २ सय र चाँदीमा १० रुपैयाँ वृद्धि भएको हो ।<br></p><p>आइतबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ९० हजार ६ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।</p><p>त्यस्तै प्रतितोला १० रुपैयाँले बढेर चाँदी ११ सय ९० रुपैयाँ निर्धारणा भएको छ । आइतबार चाँदीको मूल्य ११ सय ८० रुपैयाँ रहेको थियो ।</p>
Related News



