१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लेखनाथ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत चयन

९ भाद्र २०७८, बुधबार ०८:१८

भदौ ९, कास्की | लेखनाथ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत रुपमा चयन हुनुभएको छ । 

सङ्घको यही भदौ १८ र १९ गते हुने १३औँ अधिवेशनका लागि मङ्गलबार भएको उम्मेदवारी मनोनयमा अध्यक्ष पदका लागि आत्रेयको मात्रै उम्मेदवारी परेका कारण विधानतः उहाँ सर्वसम्मत बन्नुभएको हो ।

सङ्घको अन्य पदमा भने निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ तथा अघिल्लो कार्यसमितिका महासचिव भरतकुमार अधिकारीको उम्मेदवारी परेको छ ।

त्यस्तै प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाशलाल श्रेष्ठको उम्मेदवारी परेको छ, भने द्वितीय उपाध्यक्षमा शैलेन्द्रमोहन भट्टराई तथा गोपीचन्द्र बाँस्तोलाको उम्मेदवारी छ । महासचिव पदमा उपेन्द्र सुवेदी र मेनुका श्रेष्ठ, उपमहासचिवमा जानुका पराजुली र धीरजकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पदमा रामजी पौडेल, भीमबहादुर नेपाली ‘काइला’, भरत ओझा र दिलकुमारी दाहाल ‘सन्ध्या’ को उम्मेदवारी परेको छ । सङ्घको आठ खुल्ला सदस्य, दुई महिला सदस्य ,एक संस्थागत सदस्य र एक एशोसियट सदस्य गरी १२ जनाको लागि ३० जनाको उम्मेदवारी छ । 

अध्यक्ष पदमा सर्वसम्मत बन्नुभएका आत्रेयले उद्योगी व्यवसायीका हकहितका लागि क्रियाशील बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले व्यावसायिक क्षेत्रमा गरेको योगदानका कारण सर्वसम्मत हुन पाएको स्मरण गर्दै उहाँले कोभिडका कारण मारमा परेका व्यवसायीका हकहितका सवालमा सम्बन्धित निकायमा अझै सशक्त आवाज उठाउने उहाँले बताउनुभयो । सङ्घमा हाल एक हजार ७३६ व्यवसायी आवद्ध छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै