२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को हुन् प्रदेश नं १ मा मुख्यमन्त्री बनेका भीम आचार्य

१० भाद्र २०७८, बिहीबार १०:३९

 भदौ १०, धरान (रासस) । सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण  गराउनुभएको हो । संविधानको धारा १६८ (१) अनुसार उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।

मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको हो ।

नेकपा (एमाले)का सचिवसमेत रहनुभएका आचार्य सुनसरी–१ (ख)बाट विसं २०७४ को निर्वाचनामा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि उहाँ संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी हुनुभएको थियो ।

विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मनुभएका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आउनुभएको छ ।

सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा शुरु गर्नुभएका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय हुनुहुन्छ । विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्नुभएको थियो ।

विसं २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उहाँ शेरधन राईसँग दुई मतले पराजय हुनुभएको थियो ।

नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालनिकट मानिने आचार्य विगत एक वर्षअघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ