२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए निर्वाचनः उम्मेदवारी घोषणा

२०७८, १३ भाद्र आईतवार ०५:१८

भदौ १३, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।

आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका  हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो ।

उहाँ नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुनुभएको थियो । उहाँले संस्थाका समयसान्दर्भिक सवाललाई पूर्णता दिन आफूले उम्मेदवारी दिने राससलाई जानकारीदिनुभयो  । 

धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उहाँ २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आउनुभएको छ । सन् २००७ देखि एनआरएनएमा आवद्ध उहाँले एनआरएनए केन्द्रीय सदस्य (२०१५–०१७), सङ्घको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवद्र्धनसम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । 

गैरआवासीय नेपाली सङ्घ युकेको सल्लाहकार (सन् २०१७) रहिसक्नुभएका उहाँ त्यसअघि गैरआवासीय नेपाली सङ्घ युके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली सङ्घ युके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा हुनुहुन्थ्यो । त्यस्तै उहाँ सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहनुभएको थियो । एनआरएनएका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियानकर्मीसँग निकट सम्बन्ध रहेका उहाँको युके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।

चुनावी अभियानमा जुटेको र नेपालमै आएर छिट्टै औपचारिकरूपमा प्रतिबद्धना सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो । त्यसैगरी एनआरएनएको युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काभ्रेपलाञ्चोक स्थायी घर भएका लामा लामो समयदेखि अयरल्याण्डमा बसोबास गर्दै आउनुभएको छ । सन् २००३ देखि संस्थामा आवद्ध उहाँको विभिन्न व्यवसायमा लगानी छ । हेल्प नेपाल नेटवर्क आयरल्याण्डको संयोजक भइसक्नुभएका उहाँले अहिले हस्तकलाको व्यवसायमा आवद्ध रहनुभएको छ ।्

आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकाङ्क्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै