१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान प्रभावित

१३ भाद्र २०७८, आईतवार १६:५६

भदौ १३, काठमाडौँ | प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान सामान्य प्रभावित भएको छ । मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले विशेषगरी पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको छ । यो गन्तव्यमा भिजिबिलिटीका कारण केही उडानहरू रद्द गर्नु परेको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरको पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएको छ । 

यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडानहरू केही विलम्ब भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिनुभयो । देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान समान्य प्रभावित भएको होे । नेपालमा मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुद्ध एयरको कार्गो विस्तार

बुद्ध एयरले कार्गो सेवा विस्तार गरी सेवालाई स्तरीय बनाउने भएको छ । शुरुआतदेखि नै कार्गो सेवा प्रदान गरिरहेको कम्पनीले यसलाई थप विस्तारका लागि उपायडटकमसँग सम्झौता गरेको हो । जसअनुसार सुरुआतमा काठमाडौँ, भैरहवा, पोखरा सहरहरूमा घरबाटै कार्गो बुझिलिने र डेलिभरी सेवा दिनेछ । 

कार्गो सेवा सुरक्षितका साथै सङ्क्रमणरहित हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमा जनाएको छ । यो सेवा उपायडटकमको मोबाइल एपमा उपलब्ध छ । मोबाइल एपबाट सजिलै कार्गो सङ्कलनका लागि बोलाउन सकिन्छ । यसमा के कति चार्ज लाग्ने हो अग्रिम नै जानकारी गराउनुपर्ने कम्पनीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी