2026-09-22 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले ओभरसुट गरेपछि …

सिबी अधिकारी । भदौ १४, काठमाडौँ (रासस)। चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा  सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ ।

मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ ।  आज बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट ओभरसुट गरेको थियो । उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ  ।

मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलका एक उच्च अधिकारीले राससलाई जानकारी दिनुभयो । “जहाज सामान्य एप्रोचमा आएको हुन्छ, सामान्य मौसम खराबीले धावनमार्ग ‘रनवे’ मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको हो”, उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यकाका आकाशमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको छ । कतिपय गन्तव्यको उडान बिलम्ब भएको छ । विमानस्थलमा आइतबार मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको थियो । मौसम खराबीले भिजिबिलटी कम हुँदा पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएकोे बुद्धएयरले जनाएको छ । यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडान केही विलम्ब भएको थियो ।

देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान सामान्य प्रभावित भएको होे । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो