१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा उच्च अङ्कको पहिरो, नेप्से र कारोबार रकम दुवै घटे

१५ भाद्र २०७८, मंगलवार १४:१३

भदौ १५, काठमाडौँ (रासस)। जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । 

लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को विन्दमुा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ६९.०५ विन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ विन्दुले घटेर ५५०.५२ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२७ कम्पनीको दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता शेयर रु १३ अर्ब २५ करोड ९६ लाख ९६  हजार १०७ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका १३ वटै उपसमूहको शेयर आज ओरालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत रु ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ । कारोबार भएका बैंकिङ २२.९९, व्यापार १०६.०१, होटल तथा पर्यटन ४६.७, विकास बैंक २०५.७४, जलविद्युत् १२४.२७, वित्त १०१.४८, निर्जीवन बीमा ३७२.५८, उत्पादन १९८.७३, अन्य ६२.७४, लघुवित्त १६४.०६, जीवन बीमा ४४७.९८, सामूहिक लगानी कोष ०.१३ र लगानी २.८ विन्दुले ओरालो लागे । 

कारोबार भएका मध्ये आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहे । सो कम्पनीको रु एक अर्ब एक करोड पाँच लाख ७३ हजार ३८३ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु ४९ करोड २३ लाख १३ हजार ८८३, अपि पावर कम्पनी रु २९ करोड ७८ लाख २६ हजार,नेपाल बैंक रु २९ करोड ७४ लाख ६९ हजार ४०० र गुडविल फाइनान्स रु २९ करोड ६५ लाख एक हजार १७२ को कारोबार भई शीर्ष स्थानमा रहे । 

यसैगरी कर्णाली डेभलपमेन्ट बैंक ७.५८, मनकामना स्मार्ट लघुवित्त ६.०८, सपोर्ट माइक्रोफाइनान्स ५.९६, कर्पोरेट डेभलपमेन्ट बैंक ४.६३, सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले २.८४ प्रतिशतले कमाए । उता रुरु जलविद्युत् परियोजना ९.९९, माउण्टेन हाइड्रो नेपाल ७.७६, हिमलायन ऊर्जा विकास कम्पनी ६.९२, सिभिल लघुवित्त ६.५९ र घलेम्दी हाइड्रो पावरका लगानीकर्ताले ५.९४ प्रतिशतले गुमाए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी