१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘चामे जान काम पर्छ, पुल छैन’

१६ भाद्र २०७८, बुधबार ०९:४०

भदौ १६, मनाङ (रासस)। सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या  भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवातजावतमा कठिनाइ भएको हो । 

बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको छ ।  त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन् ।


बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मस्र्याङ्दी नदीमाथिको पुलकै भरमा ओहोरदोहोर गर्न बाध्य भएको फुगाउँका स्थानीय सोनाम तेजे लामाले जानकारीदिनुभयो । “जोखिम मोलेर हिँडेन भने काम गर्न सकिँदैन । सधैँ हेलिकोप्टर आउने कुरा भएन, सदमुकाममा काम पर्छ । जानुप¥यो, पुगेर फर्किन सक्ने हो कि होइन चिन्ता र त्रास त्रासैमा हिँड्नुपर्छ”, उहाँले भन्नुभयो ।

गाउँसँग जोड्ने अन्य पुल पनि छैन । नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग समेत जोडिएको छैन । “गाउँपालिकासँग जोड्ने एक मात्र पुल पनि जीर्ण छ । यसलाई काठ राखेर जसोतसो हिँड्न मिल्ने बनाएका छौँ । यसलाई सहज बनाउनका लागि अझै मर्मत गरी सहज बनाउने प्रयास गरिरहेका छौँ । सदरमुकाममा काम पर्छ पुल छैन”, नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरिङ लामाले भन्नुभयो । खाद्यान्न हेलिकोप्टरमार्फत ल्याए पनि सदरमुकामबाट गर्नुपर्ने अन्य कामका लागि जोखिम मोलेर हिँड्न बाध्य भएको उहाँले जानकारीदिनुभयो ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले पुल मर्मत गर्न प्राविधिक जनशक्ति र आवश्यक सामग्रीसमेत अभाव रहेको बताउनुभयो  । सो  नदीको वहाव कम भए पनि जोखिम भने कम नभएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी