१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जगदम्बा स्टीलमा तोडफोड गर्नेमाथि कारवाही गर्न सरकारसँग महासंघको माग

१६ भाद्र २०७८, बुधबार १०:२२

भदौ १६, काठमाडौं । वीरगंज पथलैया औद्योगिक कोरिडर सिमरामा रहेको जगदम्बा स्टील उद्योगमा भदौ ११ गते तोडफोड भएको विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ध्यानाकर्षण भएको र दोषीलाई कारबाही गर्न माग गरेको छ ।

‘महासंघ उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछ,’ मंगलबार महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जबरजस्ती उद्योग परिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनुु अत्यन्त दुःखद कुरा हो ।’

भदौ ११ गते बिहान साढे १० बजे उद्योगको अमोनिया ग्यास टयांकबाट ग्यास लिकभएपछि स्थानीयहरु उद्योगभित्र प्रवेश गरी तोडफोड गरेका थिए । तोडफोडमा संलग्नलाई पहिचान गरी कारबाही गर्न पनि महासंघले सरकारसँग माग गरेको हो ।

‘यसले एकातिर उद्योग र स्थानीय जनता बीचको आपसी विश्वासमा कुठाराघात गर्छ भने अर्कोतिर उद्योगी व्यवसायीको मनोबल खस्कने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक संदेश जानेतर्फ महासंघको गम्भीर चिन्ता छ,’ विज्ञप्तिमा भनिएको छ ।








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी