१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन

१७ भाद्र २०७८, बिहीबार ०८:०६

भदौ १७, काठमाडौँ (रासस)। गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्षति भएका दुखद् घडीमा तत्तत् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर काम गर्न भन्नुभएको छ । 

तीनवटै जिल्लामा भएका मनसुनजन्य घटनाका बारेमा जानकारी लिँदै उहाँले विपद् जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गर्नुभयो । गृहमन्त्री खाँणले कास्कीका प्रजिअ थानेश्वर गौतम र तनहुँका सागर आचार्यसँग लगातारको वर्षात्पछिको पहिराले पुर्याएको क्षतिबारे जानकारी लिनुभएको हो भने दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रजिअ रामबहादुर कुरुम्बाङसँग जानकारी लिनुभएको हो ।

तनहुँका प्रजिअ आचार्यले जिल्लाको भानु नगरपालिकाको–११ मानेचौकामा गएको सुक्खा पहिराका कारण १२ घर जोखिममा परेको र  उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । “ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको छ”, उहाँले भन्नुभयो । 

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिकाको–२० र ११ मा गएको पहिरामा परी तीन जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी गराउनुभयो । उहाँले पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको र बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार जारी राखेको जानकारी दिनुभयो । 

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिस्नेखोलाले ३–०१–०२४ च ४४४० नंको कार बगाउँदा घोराही उपमहानगरपालिका–१५ का विमला केसी र राधा कुँवर तथा घोराही उपमहानगरपालिका–१३ का नीतामाया पुन र सुशीला श्रेष्ठको मृत्यु भएको गृहमन्त्री खाँणलाई जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै