१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से र कारोबार रकम दुवैमा ओरालो

१७ भाद्र २०७८, बिहीबार १२:११

भदौ १७, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९२६.८९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० बिन्दुले ओरालो लागेर ५४१.७७ बिन्दुमा ओर्लेको छ ।

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ । कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १६.४३, व्यापार ३८.५६, होटल तथा पर्यटन ०.९६, विकास बैंक १८६.१३, वित्त ११३.८८, उत्पादन १२७.०५, अन्य ३७.५२, लघुवित्त २३.४७, जीवन बीमा ३४२.०२, सामूहिक लगानी कोष ०.१४ र लगानी ३.५१ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५७ करोड ४० लाख १२ हजार २९१ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु ३२ करोड ९९ लाख ९८ हजार ४५८, ङादी ग्रुप अफ पावर रु २३ करोड ३१ लाख ४६ हजार ९५३, युनाइटेड मोदी रु २२ करोड २० लाख ७४ हजार ८८२ र हिमालयन डिस्टिलरी रु २० करोड १० लाख ७९ हजार २९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

शेयर कारोबार हुने साताको अन्तिम दिनको अवस्थामा बजार पूँजीकरण रु ४० खर्ब ८९ अर्ब ५८ करोड ९४ लाख ६५ हजार ३९ बराबर पुगेको छ । नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । चन्द्रागिरी हिल्स ५.२३, खानीखोला हाइड्रोपावर ५ र डिप्रोक्स लघुवित्तका लगानीकर्ताले ४.३२ प्रतिशतले कमाए ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ६.८७, कर्पोरेट डेभलपमेन्ट बैंक ६.४८, अरुण काबेली पावर ६.०९, एनआरएन इन्फास्ट्रकचर ५.८८ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.८० प्रतिशतले गुमाए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी