१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनगढीदेखि अत्तरिया पुग्न १०-१५ मिनेट, छ लेन सडक निर्माण अन्तिम चरणमा

१७ भाद्र २०७८, बिहीबार १३:०९

भदौ १७, काठमाडौँ | ‘छ लेन’ सडक निर्माण कार्य पूरा हुन लाग्दा धनगढीदेखि अत्तरिया चोकसम्म पुग्न अब सवारी साधनमार्फत १०/१५ मिनेट मात्र लाग्न थालको छ । यसअघि साविकको ठाउँठाउँमा उप्किएको कालोपत्रे र साँघुरो सडकमा सवारी साधनमार्फत धनगढीदेखि अत्तरिया पुग्न आधा घण्टाभन्दा बढी समय लाग्ने गरेको थियो । 

धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको १४ दशमलव दुई किलोमिटर लामो निर्माणाधीन छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सडकमा आवागमन सहज र छिटो छरितो भएको हो । 

सरकारको प्राथमिकता प्राप्त यो सडक आयोजना निर्माण कार्यको भौतिक प्रगति हालसम्म ९० प्रतिशत पूरा भइसकेको छ । छ लेन सडक आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलले हाल गेटा मेडिकल कलेज नजिकको सडकखण्डमा पर्ने सुन्नी खोला पुल निर्माणको काम भइरहको बताउनुभयो ।

यसैगरी मनहरा खोला पुल निर्माणका लागि ठेक्का लागिसकेको भए पनि बर्खा मौसमका कारण अझै सुरु हुनसकेको छैन । यो सडक आयोजनाअन्तर्गत मोहना नदीमाथि रहेको हालको मोहना पुलको समानान्तर हुने गरी अर्को पुल निर्माण गर्न लागिएको छ । यसका लागि पुलको डिजाइनसमेत स्वीकृत भइसकेको जनाइएको छ ।  

यो सडक तीन वटा प्याकेजमा राखेर निर्माणाधीन रहेको छ । मोहना पुलदेखि धनगढी ट्राफिक चोकसम्मको सडकलाई पहिलो प्याकेज र ट्राफिक चोकदेखि अत्तरियासम्मको सडकलाई दोस्रो तथा तेस्रो प्याकेजमा राखेर निर्माणको काम भइरहेको छ । 

यो सडक निर्माणका लागि निर्माण कम्पनीसँग विसं २०७४ मा ठेक्का सम्झौता गरिएको थियो ।  विसं २०७६सम्म यो सडक निर्माण पूरा गरिसक्नुपर्ने भए पनि विभिन्न  अवरोधका कारण निर्माण अवधि पटकपटक थपिँदै गएको छ । 

पछिल्लो पटक थपिँएको छ महिनाको निर्माण अवधि गएको साउन १५ गते सकिएको छ । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको जोखिमका कारण काम तोकिएको समयमै पूरा गर्न नसकिएको भन्दै निर्माण अवधि थप्न निवेदन पेस गरेका छन् । 

‘‘अब निर्माणको अवधि मन्त्रिपरिषद्को निर्णयबाट मात्र थप्न सकिन्छ’’, आयोजना कार्यालयका प्रमुख पोखरेलले भन्नुभयो, ‘‘पछिल्लो पटक थपिएको अवधिमा काम पूरा गर्न नसकेको कारण पुष्ट्याइ गर्न सकिएन भने निर्माण कम्पनीले हर्जना तिर्नु पर्छ ।’’ 

कोरोना भाइरस फैलिएसँगै रोकथामका लागि गरिएको निषेधाज्ञा र बन्दाबन्दीका कारण सडक निर्माण कार्य तीव्र गतिमा हुनसकेको थिएन । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको यो सडकमध्ये सहरी क्षेत्रमा ‘छ लेन’ र ग्रामीण क्षेत्रमा ‘चार लेन’को सडक निर्माणाधीन छ ।  

सुरुको अवस्थामा सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा मुद्दा मामिला जस्ता विवाद उत्पन्न भएपछि निर्माण कार्य अघि बढाउन ढिलाइ भएको थियो । यसबाहेक साविकको सडक क्षेत्रमा रहेका रुख कटानी र बिजुलीका खम्बा सार्नमा भएको ढिलाइले पनि निर्माणको काम अघि बढाउन समय लागेको थियो ।

यो सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न छन् । यो सडकको लागत अुनमान रु एक अर्ब ६८ करोडको रहेको छ । 

विकासको पहिलो पूर्वाधारका रुपमा सडक पूर्वाधारलाई मानिन्छ । पहिलो पटक ठूलो बजेट रकमसहित धनगढी क्षेत्रमा सडक सञ्जालको विकास एवं स्तरोन्नतिको काम भइरहेको हो । 

सडक सञ्जालको विकास एवं विस्तारसँगै यस क्षेत्रमा यातायात र व्यापारिक गतिविधि बढ्न गई समग्र आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास गरिएको छ । 

यो सडक निर्माण सुरु भएको गएको चार वर्षमा एक जना प्रमुखले पूरा अवधि बस्न नपाई सरुवा हुँदा भने निर्माणको काममा असर पुगेको बताइएको छ ।   गएको चार वर्षमा पाँच जना कार्यालय प्रमुखको सरुवा भएर फेरिँदा निर्माण कार्यको नियमित रुपमा गर्नुपर्ने रेखदेखको काममा बाधा पुग्ने भई प्रत्यक्ष असर पुग्ने गरेको निर्माण कम्पनीका कर्मचारीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी