Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजदेखि सामलिङ्ग पावरको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १८, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ आजबाट विक्री खुला भएको छ । यसअघि स्थगित भएको साधारण शेयर आजबाट विक्री हुने कम्पनीले जनाएको छ । यसअघि साउन २२ गते, शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भनिएको साधारण शेयर कोरोना भाइरसको संक्रमणका कारण ईलाम जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको हुनाले स्थगित गरिएको थियो ।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्न बोर्डले अनुमति दिएको छ ।

जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं। ४ र ५ का बासिन्दाहरुका लागि छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि छिटोमा असोज १ गतेदेखि ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन । कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गरेको छ । लगानीकर्ताले नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाउको छ ।