पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ २१, काठमाडौँ । </b>आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार १ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको छ ।</p>

