१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ऋण चुक्ता गरे पनि साहुले जग्गा फिर्ता नगर्दा…

२४ भाद्र २०७८, बिहीबार ११:३४

राजु विश्वकर्मा । भदौ २४, लहान (रासस)। लिएको ऋणको साँवा र ब्याज चुक्ता गर्दासमेत साहुले दृष्टिबन्धकमा राखेको जग्गा फिर्ता नगर्दा सप्तरीको बोदे बर्साइन नगरपालिका–५ का मोहमद तैयबको परिवार चिन्तामा डुबेको छ । 

घर खर्च चलाउन तैयबले २०७१ सालमा एक कठ्ठा आठ धुर जग्गा स्थानीय रामदेव साहको नाममा लिखत पास गरी रु ३८ लाख ७० हजार ऋण लिनुभएको थियो । तैयबले हालसम्म साहलाई साँबा ब्याजसहित रु ४५ लाख २० हजार बुझाइसक्नुभएको छ । बाँकी रकम चुक्ता गर्न आफू तयार भए पनि साहले जग्गा फिर्ता गर्न नमानेको उहाँ बताउनुहुन्छ । “मेरो पूरै परिवार मानसिक तनाबमा छ”, तैयबले भन्नुभयो ।

साहले तैयबको जग्गा फिर्ता गर्न विभिन्न बहाना बनाउँदै आउनुभएको छ । ऋणबापत लिएको रु ३८ लाख ७० हजारको हालसम्म साहले ब्याजसमेत गरेर रु ८१ लाख हिसाब भएको तैयबलाई सुनाउँदै आउनुभएको छ । आफ्नो जग्गा फिर्ता आउँछ कि आउँदैन भन्ने चिन्ता तैयबलाई परेको छ । 

साहसँग धितोमा जग्गा राखेर २०७६ कात्तिकमा रु १२ लाख ऋण लिएका बोदे बर्साइन नगरपालिका–५ कै मदनलाल साह पनि एक वर्षमै ब्याजसहित रु २५ लाख तिर्नुपरेको पीडा सुनाउनुहुन्छ । घर खर्चका लागि १२ कठ्ठा १७ धुर जग्गा साहको नाममा दृष्टिबन्धक लिखत पास गरी रु १२ लाख ऋण लिएको उहाँले बताउनुभयो । “ऋण ब्याजसहित फिर्ता गरिसकेको छु, जग्गा फिर्ता गर्नुको साटो उल्टै साहले  मेराविरुद्ध लेनदेनको मुद्दा हाल्नुभएको छ”, मदनलालले भन्नुभयो । ब्याजसहित ऋण चुक्ता गरिसकेकाले जग्गा फिर्ताका लागि गत वर्षदेखि नै साहलाई आग्रह गर्दै आएको उहाँको भनाइ छ । 

यस्तै रु १२ लाख ऋण लिएका सोही वडाका रामप्रसाद खत्बेको अवस्था पनि साहकै जस्तै छ । घर खर्चका लागि साहसँग लिएको ऋण एक वर्षअघि नै चुक्ता गरे पनि  जग्गा फिर्ता नपाएको उहाँको गुनासो छ । सप्तरीको शम्भुनाथ नगरपालिका कठौनाका ललिता मण्डल पनि साहकै ऋणका कारण आफ्नो परिवार बिचल्लीमा पर्ने अवस्था आएको बताउनुहुन्छ । श्रीमान्लाई वैदेशिक रोजगारमा पठाउन १५ कठ्ठा जग्गा साहको नाममा लिखत पास गरी रु चार लाख ऋण लिएपनि हालसम्म ब्याजसहित रु २५ लाख फिर्ता गरिसकेको मण्डलले बताउनुभयो । “साहले जग्गा फिर्ता गर्न मान्नुभएको छैन”, उहाँले भन्नुभयो, “उल्टै धम्की दिँदै आउनुभएको छ ।” 

सप्तरीको खड्क नगरपालिका–६ का छेदीलाल पासवानको पीडा पनि कहालीलाग्दो छ । उहाँले २०७३ सालमा चार कठ्ठा १९ धुर जग्गा साहको नाममा दृष्टिबन्धक पास गरी रु १६ लाख ऋण लिनुभएको थियो । पासवानले ब्याजसहित अहिलेसम्म रु ७६ लाख ६२ हजार तिरिसक्नुभएको छ । सप्तरीका ३० जनाभन्दा बढी साहको ऋणको भारी बोक्दै मानसिक तनाब झेल्दै आएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नहाका ध्रुवनारायण साह, बोदे बर्साइन नगरपालिका–९ देउरीका वीरेन्द्र यादव, शम्भुनाथ नगरपालिका–३ का रमाकान्त चौधरी, खड्क नगरपालिका–८ का बच्चालाल साह, सुरुङ नगरपालिका–४ का सबुर चौधरी, रुपनी गाउँपालिकाका अरबिन्द साह, बोदे बर्साइन नगरपालिकाका मोहमद सौदागर, सतदेव पौदार, मोहमद सागर हुसैन, मोहमद असलमलगायतले साहबाट ऋण लिँदा दुःख पाएका छन् । ऋण चुक्ता गर्दा पनि साहले जग्गा फिर्ता नगर्दा घरबारबिहीन भएको पीडितको भनाइ छ । साहले आफूहरुको जग्गा फिर्ता नगरे कानुनी उपचार खोज्ने उनीहरुले बताएका छन् । 

आरोपित साहले भने आफूले उनीहरुसँग रकम तिरेर जग्गा खरिद गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले जग्गा किनेको हुँ, अहिले जग्गाको मूल्य बढ्ेकाले लोभ लागेर उनीहरुले जग्गा फिर्ता मागिरहेका छन् ।”  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो (फोटो फिचर) हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु २३९ यात्रु रहेको विमानमा बम रहेको धम्की, दिल्लीमा अवतरण गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, यस्तो छ तयारी लमजुङमा जिप दुर्घटना: २२ जना घाइते, ५ जना भरतपुर लगियो पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम