१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिपलाइनको मज्जा लिन चन्द्रागिरि जाने कि !

२५ भाद्र २०७८, शुक्रबार ०९:५६

अच्युत रेग्मी । भदौ २५, काठमाडौँ (रासस)। ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो ।

नुवाकोटको गेर्खुबाट चन्द्रागिरि घुम्न आउनुभएका दिपेश प्याकुरेलले जिपलाइनको मज्जा लिँदा दङ्ग पर्नुभयो । “केवलकार त यसअघि पनि चढेको थिए, जिपलाइन सञ्चालन भएको थाहा पाएर पुनः यहाँ घुम्न आएको हुँ ।” उहाँ भन्नुभयो । 

स्याङ्जाका वेदबहादुर कार्कीले पनि पहिलो पटक सो स्थानमा पुग्नुभएको थियो । चन्द्रागिरि नगरपालिका–१० सतुङ्गलमा बस्दै आउनुभएका उहाँले यसअघि सो स्थानमा पुगेपनि जिपलाइनको मज्जा लिन दोस्रोपटक आएको जानकारीदिनुभयो । “ यहाँ जिपलाइन सञ्चालन आएको खबर सुने,बिदाका दिनमा यसो घुमांै भनेर आएको हुँ,” उहाँले भन्नुभयोे । 

यस्तै मोरङबाट घुम्न फिपरानी लिम्बू परिवारसहित काठमाडौँ आउनुभएको रहेछ । छोरी,बुहारीसँग पहिलोपटक चन्द्रागिरि घुम्न आउनुभएका उहाँलाई यहाँको केवलकारसँगै डाँडाबाट उपत्यकाको मनोरम दृश्यले लोभ्याएको बताउनुभयो । “तराईमासम्म भूभाग जता हेरेपनि सम्ममात्र छ, काठमाडौँ आएका बेलामा यसो डाँडाकाँडा घुम्न जाउँ भनेर आएको, साह्रै रमाइलो लाग्यो, भालेश्वर मन्दिरको दर्शन गर्न पाइयो,”उहाँले भन्नुभयो । 

अष्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको  चन्द्रागिरि केवलकारको लम्बाइ कूल दुई किलोमिटर ४६० मिटर छ । यसका मार्गमा ११ टावर छन् । यात्रु बोक्ने ३८ र समान बोक्ने तीन गरी कूल ४१ गोण्डला छन् । चन्द्रागिरि डाँडोमा पुग्न थानकोट स्टेशनबाट ९ देखि १४ मिनेट लाग्ने छ । 

केबलकारको एक डिब्बामा ८ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । पछिल्लो समय कोरोनाका कारण विदेशी पर्यटक घटेको चन्द्रागिरिमा आन्तरिक पर्यटक भने बढ्दै गएका छन् । रु ७० लाख लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाई १०० मिटर छ । 


चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाह स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलका रुपमा चन्द्रागिरिलाई विकास गर्नका लागि जिपलाइन सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म निर्माण गरिएको उक्त जिपलाइनको मज्जा लिनका लागि रु ४०० लाग्नेछ । “आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने नीति लिएका छौँ,” उहाँले भन्नुभयो । 

चन्द्रागिरि हिल्स प्रालिले चन्द्रागिरिमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौँको व्यस्त दैनिक जीवनलाई केही हदसम्म आराम लिन र हप्ताभरीको थकान भुलाउन आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् । झण्डै ८ महिना बन्द रहेको रिसोर्टले पछिल्लो समय रिसोर्टमा आउने पर्यटकलाई लक्षित गरेर सहुलियत प्याकेज सञ्चालनमा ल्याएको छ । 

सहुलियत प्याकेटमा एक जोडीलाई एकरात डिलक्स कोठामा बसेको र बिहानको ‘ब्रेकफास्ट’सहित रु नौ हजार शुल्क व्यवस्था गरिएको महाप्रबन्धक शाहको भनाइ छ । रिसोर्टमा हाल एक रात बसेको नौ हजारदेखि ३० हजारसम्म लाग्ने कोठा  छन् । (तस्बिर उपलब्ध छ ः




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह