२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

२७ भाद्र २०७८, आईतवार ०१:५४

न्युज कारखाना | भदौ २७, काठमाडौं | पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको नेपाली महिला फुटबल टोली आज आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली जितको यात्रालाई निरन्तरता दिने योजनामा छ ।

पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी  सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेको थियो । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनको सम्भावना न्यून छ । 

पहिलो मैत्रीपूर्ण खेलमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते भए पनि उनी अभ्यास सत्रमा सहभागि भएकी छन । यसअघि हिराको स्थानमा सृजनाले डेब्यु गरेकी थिइन् ।

प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो मैत्रीपूर्णसमेत सोही सेट उतार्न सक्छन् । खेल अनुकूल नभएमा उनले नयाँ खेलाडी डेब्यु गराउन सक्छन् ।

पहिलो मैत्रीपूर्णमा सविता र प्रीतिसहित रस्मी घिसिङ र सृजना सिंहले डेब्यु गरेका थिए ।

आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलको हो ।

एसियन कप छनोटमा समूह 'एफ'मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा  हङकङसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता