2026-08-24 01:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निजी क्षेत्र उज्यालो समृद्धिका अभियानकर्मी र विकासको पथप्रदर्शक हो :इपान

भदौ ३०, काठमाडौँ (रासस)। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले एउटा आयोजना सञ्चालन अनुमतिका लागि कम्तीमा सात मन्त्रालय र २३ विभाग धाउन तथा २००  टेबल पार गर्नुपर्ने झन्झटिलो एवं अव्यावहारिक प्रक्रिया अन्त्य गर्ने खाले कानून तर्जुमा गर्न सुझाव दिएको छ ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले विद्युत् विधेयक, २०७७ का सम्बन्धमा गरेको छलफलमा लगानीकर्तालाई सहयोगको साटो निर्देशनात्मक र नियन्त्रणमुखी व्यवहार भइरहेको भनी सरोकारवालाले गुनासो गरे । इपानका अध्यक्ष कृष्ण आचार्यले भन्नुभयो, “विभिन्न व्यवधानका बाबजुद निजी क्षेत्र उत्साहित भएर आएको छ, निजी क्षेत्र ऊर्जामार्फत राष्ट्र निर्माणमा सहभागी भएका छौँ, हामी यसमा गौरव गर्छौँ ।”

छलफलका क्रमा निजी क्षेत्रका तर्फबाट मुलुकका ठूला विद्युत् आयोजना विदेशी लगानीमा तथा साना अर्थात् २०० मेघावाटसम्मका प्रतिस्पर्धाका आधारमा स्वदेशीबाटै निर्माण गर्ने कानूनी व्यवस्था गर्न संसदीय समितिसमक्ष आग्रह गरियो । विद्युत् विकासका सन्दर्भमा प्रस्तावित ऐनमा समेत सरकारले निजी क्षेत्रलाई भन्दा विदेशी लगानीकर्तालाई प्राथमिकता र प्रोत्साहन गर्न खोजेको अनुभव भएको बताउँदै उहाँले भन्नुभयो, “ऊर्जाका माध्यमबाट मुलुकलाई समृद्धिको उज्यालोतर्फ लैजाने हामी अभियानकर्मी हौँ । विद्युत् आयोजना विकासको पथप्रदर्शक हो ।”

आयोजना सञ्चालनको अनुमति पाएपछि कार्यक्षेत्रमा समेत आमा समूह, युवा क्लब, प्रौढ समूह, स्थानीय सरकारका तर्फबाट आउने अनेकौँ माग र चुनौतीलाई सम्बोधन गर्दै सहमति एवं सहकार्य गरी लागत मूल्य जति नै परे पनि विकल्प नरहेकाले तोकेको मूल्यमा विद्युत् बेच्न बाध्य रहेको घटना इपानका तर्फबाट संसदीय समितिलाई सुनाइयो ।

स्वतन्त्र ऊर्जाको खपत जलविद्युत्को क्षेत्रमा अहिले पनि पाँच प्रतिशतभन्दा कम रहेको जनाउँदै इपानले मुलुकमा अझै ९५ प्रतिशत ऊर्जा जलविद्युत्बाट उत्पादन हुने सम्भावना रहेको जानकारी दियो । विद्युत् भनेको विकासको लहर लिएर आउने महत्व माध्यम भएको बताउँदै इपान सदस्य  प्रकाश दुलालले भन्नुभयो, “विद्युत् आयोजना दूरदराजमा भएकाले सुरु गर्नुअघि नै न्यूनतम आधारभूत सडक, विद्युत् र सामाजिक काममै पनि धेरै ठूलो लगानी हुन्छ । त्यसैले आयोजनामा सहजीकरण आवश्यक छ ।”

इपानका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले आयोजना सञ्चालन नवीकरण, आयोजना सञ्चालनका क्रममा भएका कमीकमजोरी सुधार्न सुनुवाइ मौका, पुनरावलोकनको व्यवस्था, विद्युत् नियमन समितिमा रहने व्यक्तिको छनोटलगातका विषयमा प्रस्तावित ऐनमा संशोधन आवश्यक रहेको सुझाव दिनुभयो ।

नेपालमा हालसम्म विद्युत्को उच्च माग एक हजार ५८६ मेगावाट रहेकामा जडित क्षमता एक हजार ९८८ मेगावाट रहेको सो अवसरमा जानकारी दिइयो । त्यसमध्ये निजी क्षेत्रको उत्पादन ८०२ मेगावाट रहेको तथा हालसम्म विद्युत् उपभोक्ता सङ्ख्या ४४ लाख ४० हजार घरधुरी रहेको बताइएको छ । मुुलुुकमा विद्युत्को सम्भावना ८३ हजार मेगावाट भनिए पनि लगानीका हिसाबले ४३ हजार मेगावाट रहेको जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन