२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर-बाहिर’ भनेपछि . . .

२०७८, ४ आश्विन सोमबार ०३:०८

प्रकाश तिम्सिना/ न्युज कारखाना | असोज ४, सुनसरी | गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष बाहिर पुगे ।

सिता शेर्पा राई र शर्मिला भट्टराई नाम गरेका उनीहरू मेयर चौधरीलाई भेटेर आफ्नो कागजपत्रमा हस्ताक्षर गराउन बैठक भएकाले निकै बेर बाहिर कुरे ।

शर्मिला भट्टराई चटपटे, पानीपुरी व्यवसाय गर्न नगरले दिने गरिबी अनुदान लिन गएकी थिइन्। करिब १० देखि १५ हजार सम्मको सामग्री दिने भएपछि कागजपत्र सहित उनी त्यहाँ पुगिन् ।

वडा कार्यालयले आवश्यक सिफारिस दिएपछि दुवै जना उपमहानगरमा अनुदान प्रक्रिया अघि बढाउन गएका थिए । नियमानुसार वडाले दिएको सिफारिसको मेयर चौधरीले तोक लगाउनु पर्थ्यो । त्यही तोक लगाउन उनीहरू मेयरको कार्यकक्ष पुगे ।

भित्र बैठक चल्दै गरेको जानकारी कार्यालय सहयोगीले दिएपछि उनीहरू बाहिरै पर्खिएर बसे । झन्डै एक घण्टा पर्खिए तर पालो आएन ।  ढिलो भएपछि सिताले त्यही बाहिर रुङ्ने कार्यालय सहयोगीलाई सहयोग मागिन् । ‘सबै कागज पुरा छ, वडाले पनि तोक लगाएको छ, मेयर साबले तोक लगाइदिए पुग्छ, यति तपाईँले नै मेयर साबलाई तोक लगाएर ल्याइदिनु न ।’

यति भनेपछि बाहिर बस्ने कार्यालय सहयोगीले मेयर सम्म उनको कागजात पुर्‍याए । मेयरले निवेदनमा तोक लगाए । तर, फेरि वडा कार्यालयमै वडामै जानू पर्ने भएपछि शेर्पा अचम्ममा परिन् । वडाबाट सबै काम सकिएकोले उनी मेयर सम्म आएकी थिइन् । त्यसपछि उनले फेरि मेयरसँग भेट्न कार्यालय सहयोगीलाई समय मागिन् । 'मेयर साबले कुरा बुझ्नु भएन कि के हो ? म एकचोटी भित्र पसेर भन्छु है भन्दै उनी भित्र छिरिन् ।  

मेयरको कार्यकक्षमा छिरेर शेर्पाले मेयर साब लगायत सम्पूर्णमा नमस्कार भन्न नपाउँदै मेयर चौधरीले यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ? बाहिर बाहिर ! भन्दै रिसले मुरमुरीए। 

मेयर चौधरीको यस्तो बोलीले शेर्पा छाँगाबाट खसेको जस्तै भइन् । शेर्पाले न्युज कारखानालाई भनिन्, ‘मेयरले यस्तो भनेपछि मैले सडकमा रातदिन हड्डी घोटेर गरिखाने दिदीबहिनीलाई सम्झे । म मेयरको छिमेकी हो, लामो समयदेखि संर्घष गर्दै आएकी म मेयरकै भनाई अनुसार म कस्तो आइमाई हो ?’ त्यसपछि चुनावमा ‘एक भोटले त हारजित हुन्छ, मेरो घरको पाँच भोट खेर गएछ’ भन्दै बाहिर निस्किइन् । 

बाहिर निस्किनासाथ मेयर चौधरीका स्वकीय सचिव सूर्य चौधरीले हातमा सुनको बाला, घाँटीका सुनको सिक्री लाउने मान्छे सहयोग माग्न किन आको भन्दै झपारे । तीजको छेको पारेर सुन जस्तो देखिने ३ सयको ग्यारेन्टीवाला गहना लगाएकोलाई स्वकीय चौधरीले सुन किन लगाएको भन्दै झपारे । त्यसपछि उनी त्यहाँबाट मलिन हुँदै निस्किइन् ।

‘म सडक पेटीमा चिया बेच्दै आएको मान्छे। धेरै वर्ष भयो तीजमा केही लगाउन पाएको थिइन् । अस्तिको तीजमा ३ सयको ग्यारेन्टीवाला सिक्री लगाएको थिँए’ उनी भन्छिन्,  ‘सुन जस्तो देखिनेबित्तिकै सबै सुन हुन्छ र मैले सुन नै लगाए पनि म त साथी बनेर गएको हो ।’

नगर प्रमुख चौधरीको बोलीबाट दुखी बनेका शेर्पा र भट्टराई कानुनी उपचार खोज्ने बताउँछन् । आफूले नगरको अभिभावक मानेको व्यक्तिबाटै अमानवीय, व्यवहार भएको भन्दै कानुनी उपचारको तयारीमा लागेको शेर्पाले बताइन् ।

उनीहरूलाई अहिले विभिन्न १३ सङ्गठन महिला अधिकारकर्मीहरूले सहयोग गर्ने बताएका छन् । मेयरविरूद्ध ध्यानाकर्षण सहित धर्ना कार्यक्रम गर्ने अधिकारकर्मीहरूले चेतावनी दिएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै महिला अधिकारकर्मीहरूले कडा सङ्घर्ष गर्ने बताएका छन् ।

‘नेपालको संविधानले सुनिश्चित गरेको संवैधानिक हक र अधिकार कार्यान्वयन गर्नु राज्यको दायित्व हो । तर यसरी स्थानीय तहको नेतृत्व लिई रहेको प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलालाई लक्षित गरी प्रहार गरिएको अपशब्दले देशको ५२ प्रतिशत भन्दा बढी जनसङ्ख्या ओगटेको महिलाहरूलाई प्रत्यक्ष रूपमा अपमानित गरेको छ,’ उनीहरूले निकालेकाे संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पटक-पटक महिलाप्रति नगरप्रमुखले गरेको अपमान सहेर नबस्ने समेत उनीहरूले बताएका छन् । मेयर चौधरीलाई सम्बन्धित निकायले कडा भन्दा कडा कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् । चौधरीले महिलासँग सार्वजनिक स्थानमा माफी माग्नु पर्ने उनीहरूको माग छ । मेयरकै विरूद्धमा महिलाहरूले आज १० बजे इटहरी उपमहानगरपालिका गेटमा धर्ना दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ