प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

साझासवाल
1 Min Read

असोज ६, काठमाडौँ (रासस) । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ ।

क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बन्नुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ ।

निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारीरूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराकिलो बनाउन दत्तचित्त भएर लाग्ने बताउनुभयो । उहाँले मुलुकको उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय तुल्याउन नीतिगत सुधारदेखि संस्थागत संरचनालाई सुदृढ पार्ने गरी काम गर्ने बताउनुभयो ।

अनिवार्य अवकाश पाउने तयारीमा रहेका पोखरेलले मङ्गलबार साँझ पदबाट राजीनामा दिनुभएको थियो । राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उहाँले क्यानको प्रवक्ता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा रहेर काम गरिसक्नुभएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply