विजय थापा/भदौ १, वाशिंगटन डिसी l नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोलि अमात्यलाई सय"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/भदौ १, वाशिंगटन डिसी l नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोलि अमात्यलाई सय"/>
२०८३, २० जेष्ठ बुधबार
काठमाडौँ - KTM

नेपाली चेली सयुक्त राष्ट्र संघको यूवा सम्मेलन अध्यक्षमा नियुक्त

२०७३, १ भाद्र बुधबार ०४:५०

विजय थापा/भदौ १, वाशिंगटन डिसी l नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोलि अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ l 

सयुक्त राष्ट्र संघको इतिहास मै नेपाल आमकि छोरी जोली अमात्य उक्त पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेकी छिन् l पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि जेष्ठ सुपुत्री जोली यो पदमा पुगी नेपाल र नेपालीको शिर उच्च बनाउन सफल भएकी छिन् l 

जोली भन्छिन आफुले कहिले पनि पछाडी फर्केर हेर्दिन l उनले अगाडी भनिन नेपाल र नेपालीको नाम राख्न आफुले कुनै कसर नछोड्ने बताईन l 

जोलीले कुराकानी गर्दै यो युवा सभा सयुक्त राष्ट्र संघको सबै भन्दा ठुलो तथा लामो चलिरहेको युवा सम्मेलन हो l यो एक अद्वितीय मंच हुनुको साथै संवादलाई प्रोत्साहन गर्छ भनिन l 

यस्ले असाधारण युवा ,संयुक्त राष्ट्र उच्च अधिकारीहरु ,कर्मचारी , निजी क्षेत्र तथा नागरिक समाज बीच साझेदारीलाई उत्पादन गराउदछ उनले भनिन l 

उक्त पदमा उनि नियुक्त भए पछि ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई आफुले नेतृत्व गर्न पाएकोमा हर्षको सिमा नै नरहेको बताईन l 

आफुले संचालन गरेको सम्मेलनमा केवल ४ जना मात्रले नेपालको प्रतिनिधित्व गरेको बताईन l यो संख्या बढ्न पनि सक्थ्यो भन्दै आगामी कार्यक्रममा नेपालको प्रतिनिधित्व बढ्नु पर्ने आफ्नो मान्यता रहेको बताइन l 

उनले गत अगस्त १० देखि १२ सम्म सयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा युवा सम्मेलनमा यूवा सम्मेलनकि युवा अध्यक्षता गरेकी थिइन् भने जसको मुख्य उदेश्य दिगो विकास लागि संयुक्त राष्ट्रको २०३० कार्यसूचीको कार्यान्वयनमा युवा नेता र युवा व्यवसायीलाई सशक्तिकरण गर्नु रहेको छ l 

उनको अध्यक्षतामा भएको सम्मेलनमा उनले सम्बोधन गर्दै भनिन म यो कुरामा जहिले पनि विश्वास गर्छु कि जब तपाईको अभिलाषा र तपाईको लक्ष्य ठोकिन्न्छ त्यहाँ बिस्फोटन हुन्छ त्यसले तपाईलाई सदैब ज्वाला दिन्छ भनिन l म त्यो अभिलाषा र लक्ष्य तपाईहरु संग चाहन्छु भनिन l उक्त सम्बोधन को क्रममा सयुक्त राष्ट्र संघका महा सचिब बान कि मुनले बिशेष संदेश सुनाईन l 

सन् २०१३ देखि नै नेपालको प्रतिनिधित्व गर्ने गरेको बताउदै तर छोटो समयमा बढुवा पाएको बताईन l उनले अगाडी भनिन सन् २०१५ मा आफु सह-अध्यक्ष भै समेत गरेको तर मेहनत गरेको कारण यस पटक उक्त पदमा पुगेको बताईन l 

गत सात बर्ष देखि सयुक्त राष्ट्र संघ अन्तर्गत युएन महिला ,वर्ल्ड बैंक ,हेबी टेट फर हुमानीटि ,एक्सन एड नेपाल आदि ईत्यदिमा काम गरेको उनि संग अनुभव छ l 

उनले कुराकानी गर्दै भनिन आफु नेपाली भएको नाताले नेपालका युवाहरुमा अद्भूत सम्भावना रहेको र सहि निर्देसन ,परामर्श तथा अवसर आवस्यकता रहेको बताईन l 

उन्ले युएस नेसनल कमिटि फर वुमेनको कार्यकारी अर्थ समिति तथा व्हाइट हाउसको एएपी आइ युथ फोरम तथा एसियन अमेरिकन प्यासिफिक आई ल्यानडर्समा काम गर्ने मौका पाएको भनिन l 

उनलाई ग्लोबल कनेक्सन फर वुमेन फाउन्डेसन भन्ने संस्थाले गत बर्ष २०१५ मा योङ्ग ग्लोबल लिडर एचिभमेन्ट " पदकले सम्मान गरेको थियो l 

उनि गैर मुनाफा सामाजिक संस्था कमिटि अफ द स्टाटस अफ वुमेनको युवा व्यवसायिक हुन् भने उनले कमिटि अफ द स्टाटस अफ वुमेनको नेपालको प्रतिनिधित्व समेत गरेकी छिन् l युएन प्रधान कार्यालयमा सन् २०१२ देखि २०१६ सम्म निरन्तर रुपमा प्रतिनिधित्वगर्न पाएकोमा नेपाली भएको नाताले गौरव लागेको बताईन l उनलाई सयुक्त राष्ट्र संघ मा पटक पटक वक्ताको रुपमा निमन्त्रणा आई रहने उनले बताइन l 

नेपालमा जन्मिएकी जोली काठमाडौँ सेन्ट मेरिज उच्च माध्यमिक मा पढेकी हुन् l सन् २००७ मा महिलाको आवाज भन्ने उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गर्ने भाग्यशाली युवा हुन् जुन समयमा उनि बिध्यालयमा अध्ययनरत थिईन l 

उनले अमेरिकाको आएवा बिद्यालयमा बित्त तथा लेखा संकाय पश्च्यात बोस्टन स्थित हार्वर्डमा विश्व बिद्यालयमा पूर्वस्नातक (अन्डर ग्रजुएट )तहमा अध्ययन गरेकी छिन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै