2026-07-25 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पेशाकर्मी, मजदुर, उद्योगी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्दै एमाले

असोज ८, काठमाडौँ (रासस)। नेकपा (एमाले)ले काठमाडौँ उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्न थालेको छ । सो पार्टीले विगतमा व्यवस्था नभएको उपत्यका विशेष प्रदेश कमिटी गठन गरी यस क्षेत्रको कामलाई अघि बढाएको हो । सो कमिटी मातहत बुद्धिजीवी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थी विशेष जिल्ला कमिटी क्रियाशील छन् ।

सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पार्टीको भूगोल कमिटीमा प्रत्यक्ष आवद्ध भएर काम गर्न नमिल्ने, कामको प्रकृतिका हिसाबले उपत्यकामा अनेकौँ काम विशेषका कारणले आफ्नो जन्मथलोबाट उपत्यका आएर बसेका सामुदायिक, पेशागत तथा सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिलाई देशको राज्यको मूल प्रवाहमा ल्याउने र आफ्नो सीप, अनुभव, विज्ञता, योग्यता तथा क्षमतालाई राष्ट्र निर्माण र जनताको सेवामा समर्पित गर्दै काम गरेका व्यक्तिलाई सङ्गठित गरिएको बताउनुभयो । सो प्रदेशको आयोजनामा बिहीबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बृहत् कार्यकर्ता भेला आयोजना गरिएको थियो ।

अध्यक्ष शाक्यले सामाजिक क्षेत्रका साथै विभिन्न उत्पादनशील क्षेत्रमा समेत पार्टी कामलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको जनाउँदै पेशागत, प्राविधिक, सूचना, सञ्चार, श्रम, प्रवासबाट फर्किएका श्रमिक, खेलकुद, मनोरञ्जन क्षेत्र, सुरक्षा, पर्यटन, उद्योग, व्यापार–व्यवसाय, कला, साहित्य–संस्कृतिको क्षेत्रमा समेत यस किसिमका सङ्गठनात्मक गतिविधिलाई अघि बढाइने बताउनुभयो ।

उहाँले यस क्षेत्रमा कार्यरत पेशाकर्मी, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थीको हकहित र उन्नतिका लागि सङ्गठित तथा परिचालित गर्ने, आफ्नो पेशागत हकहित सुरक्षा र स्तरोन्नति गर्दै आ–आफ्नो क्षेत्रको विशेषज्ञका रूपमा जनशक्ति निर्माणका लागि प्रेरित गर्दै आवश्यक समन्वय तथा सहजीकरण गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रमा रही पार्टीप्रति प्रतिबद्ध, अनुशासित, निष्ठावान र समर्पित बनी काम गरिने पनि उहाँको भनाइ छ ।

यसैबीच एमालेको यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि प्रस्तुत गरिने राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदामाथि छलफल गर्न यही असोज ८ र ९ गते पार्टीको केन्द्रीय कमिटीको बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक