2026-07-26 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वर्षमा कति कमाउँदा राज्यलाई कति तिर्नुपर्छ कर ? हेर्नुहोस्

असोज ८, काठमाडौँ । व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनुपर्छ। जानाजान वा अनजानमा तपाईले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ।

सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट सङ्कलन गर्दै आएको छ। सोहीअनुरूप सरकारले पनि आर्थिक वर्ष २०७८/०७९ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन १ गतेबाट लागू भएको छ ।

अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकर- वार्षिक रु ४ लाख रुपैयाँसम्म कमाई गर्ने व्यक्तिको हकमा: १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ । वार्षिक आम्दानी ४ लाख भन्दा बढी तर ५ लाख रुपैयाँ भन्दा कम भएको खण्डमा: सुरुको ४ लाखको १ प्रतिशत र बाँकी रहेको १ लाखको १० प्रतिशतका दरले बढीमा १४ हजार रुपैयाँ सम्म ।

५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा: सुरुको ४ लाखको १ प्रतिशतले ४ हजार त्यसपछिको १ लाखको १० प्रतिशतका दरले १० हजार र बाँकी रहेको २ लाखको २० प्रतिशतको दरले ४० हजार गरी ५४ हजार रुपैयाँसम्म ।

७ लाखदेखि २० लाख रुपैयाँसम्मको हकमा: ७ लाख रुपैयाँको यस अगाडी हिसाब गरेजस्तै ५४ हजार रुपैयाँ र बाकी रहेको १३ लाखको ३० प्रतिशतका दरले ३ लाख ९० हजार गरी कूल ४ लाख ४४ हजार रुपैयाँसम्म।

२० लाखभन्दा बढी आम्दानीको हकमा: २० लाख रुपैयाँसम्म यस अगाडी हिसाब गरिएजस्तै ४ लाख ४४ हजार रुपैयाँ र त्यसभन्दा माथिको रकममा ३६ प्रतिशतका दरले कर । विवाहितका हकमा – वार्षिक रु ४ लाख ५० हजार रुपैयाँसम्म कमाई गर्ने व्यक्तिको हकमा १ प्रतिशतको दरमा ४ हजार ५ सय रुपैयाँ ।

वार्षिक आम्दानी ४ लाख ५० हजार भन्दा बढी तर ५ लाख ५० हजार रुपैयाँ भन्दा कम भएको खण्डमा स् सुरुको ४ लाख ५० हजार को १ प्रतिशत र बाँकी रहेको १ लाखको १० प्रतिशतका दरले बढीमा १४ हजार ५ सय रुपैयाँ सम्म।

५ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० रुपैयाँसम्मको हकमा: सुरुको ४ लाख ५० हजार को १ प्रतिशतले ४ हजार ५ सय त्यसपछिको १ लाखको १० दरले १० हजार र बाँकी रहेको २ लाखको २० प्रतिशतको दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँसम्म ।

७ लाख ५० हजार रुपैयाँ देखि २० लाख रुपैयाँसम्मको हकमा: ७ लाख ५० हजार रुपैयाँको यस अगाडी हिसाब गरेजस्तै ५४ हजार ५ सय रुपैयाँ र बाकी रहेको १२ लाख ५० हजार को ३० प्रतिशतका दरले ३ लाख ७५ हजार गरी कूल ४ लाख २९ हजार ५ सय रुपैयाँसम्म ।

२० लाखभन्दा बढी आम्दानीको हकमा: २० लाख रुपैयाँसम्म यस अगाडी हिसाब गरिएजस्तै ४ लाख २९ हजार ५ सय त्यसभन्दा माथिको रकममा ३६ प्रतिशतका दरले कर ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ