१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्योति लाइफ पाँचौ वर्षमा प्रवेश, व्यवसाय विस्तारमा उल्लेख्य प्रगति

८ आश्विन २०७८, शुक्रबार ०५:५०

असोज ८, काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गते आजकै दिनबाट कारोबार शुरु गरेको कम्पनीले व्यवसाय विस्तार गर्ने क्रममा शाखा विस्तार, नयाँ/नयाँ सुविधा सहितका जीवन बीमा योजनाहरु, सेवामा गुणस्तरियता लगायत जीबन बीमा सम्बन्धी जनचेतना जगाउने कार्यलाइ तिव्रताका साथ अगाडि बढाउँदै आफुलाइ अग्र पंक्तीमा उभ्याउन प्रयासरत रहेको पाइन्छ ।

कम्पनीले छोटो अवधिमा नै उत्कृष्ट कार्य गर्दै आएको छ । बीमितहरुलाई छिटो छरितो तथा सहज सेवा पस्कदै आएको छ।  गत आर्थिक वर्षको वित्तीय विवरण अध्ययन तथा विश्लेषण गर्दा कम्पनीले प्रत्येक त्रैमासमा नयाँ उचाइ हासिल गरेको देखिन्छ ।


चार वर्षको अवधिमा कम्पनीले ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरी आफ्ना बीमितहरुलाई सेवा प्रवाह गर्दै आएको छ । कम्पनीले यस अवधिमा सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा दिने योजना रहेको छ ।

२ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ३.१० अर्ब कुल बीमा शुल्क सहित हाल सम्म ६.९० अर्ब कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । ४ अर्बको जीबन बीमा कोषमा रहेको छ । कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी गरेको छ । कुल ७ अर्ब लगानी गरेको छ ।

त्यसैगरी कम्पनीमा हाल १० हजार भन्दा बढी सक्रिय अभिकर्ताहरु आबद्ध रहेका छन् । कम्पनीबाट ९० हजार भन्दा बढी बीमितले सेवा पाइरहेका छन् । कम्पनीले ISO 9001:2015 गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरिसकेको छ ।

यस अवसरमा कम्पनीलाई चार वर्षको यात्रासम्म निरन्तर साथ दिने सम्पूर्ण शेयरधनी कर्तब्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्ने कर्मचारीहरु, कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु, वित्तीय संस्थातथा संस्थागत अभिकर्ताहरु, कम्पनीको बीमालेख लिई सेवा गर्ने अवसर प्रदान गर्ने सम्पूर्ण बीमितहरु, कम्पनीको प्रचार प्रसारमा सहयोग गर्ने संचार क्षेत्र र कम्पनीलाई सधैं दिशानिर्देश गरि सहयोग पुर्याउने बीमा समिति लगायत अन्य नियामक निकायहरु प्रति हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरेको छ ।

साथै आगामी दिनहरुमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले विश्वास, साथ र निरन्तर सहयोगको अपेक्षा गरेको छ ।




 









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन