पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १०, काठमाडौं ।</b> नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ । <br></p><p>यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । </p><p>त्यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी इएकआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “First come first serve” को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ । </p>

