2026-09-22 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ च्याम्पियनसिप: मनिषको गोलमा नेपालको विजयी सुरुवात

असोज १६, काठमाडौं | युवा अट्याकर मनिष डांगीको निर्णायक गोलमा नेपालले साफ च्याम्पियनसिपमा सुखद् सुरुवात गरेको छ । 

शुक्रबार माल्दिभ्सको मालेमा भएको साफको दोस्रो खेलमा नेपालले आयोजक टोलीलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरे । नेपाल यू–१९ टोलीका सदस्यसमेत रहेका मनिषले खेलको ८५ मिनेटमा गोल गरेका हुन् । जुन गोल काउन्टरमा सम्भव भएको थियो । यसअघि मनिष स्ट्राइकर नवयुग श्रेष्ठको स्थान दोस्रो हाफमा मैदान प्रवेश गरेको थिए । 

राष्ट्रिय टोलीको लागि यो मनिषको दोस्रो गोल हो । यसअघि उनले पहिलो गोल इराकविरुद्ध गरेका थिए । जुन खेल उनको डेब्युसमेत थियो । 

यससँगै नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध पहिलो जित निकालेको छ । 

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग भने गर्न सकेनन् । खेलमा नेपालको तुलनामा घरेलु टोली माल्दिभ्सले दबाब बनाएको थियो । 

जितसँगै नेपालले सिंगल राउण्ड रोबिनको लिगमा महत्वपूर्ण तीन अंक हासिल गरेको छ । अब नेपालले दोस्रो खेलमा १८ असोजमा श्रीलंकाको सामना गर्नेछ । 

आज नै भएको पहिलो खेलमा श्रीलंका बंगलोदशसँग १–० गोल अन्तरले पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु