पढ्न करिब 1 मिनेट लाग्छ

असोज १६, काठमाडौं। पर्साको वीरगञ्जस्थित रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएका छन्। कोरोना संक्रमण बढेसंगै अत्यावश्यक बाहेकका अन्य सवारीसाधनले नेपाल प्रवेश पाएका थिइनन्।

भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसायमा सहज हुने भन्दै व्यापारीहरुले खुसि व्यक्त गरेका छन्।

यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएको हो।