2026-09-21 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा सुधार, नेप्सेमा ४१ अङ्ककाे वृद्धि

असोज १९ , काठमाडाैं। हिजो साेमवार र अस्ति आइतवार घटेको शेयर बजार आज मङ्गलवार भने केही बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ८४ अङ्कले बढेर दुई हजार ६ सय १२ दशमलव ६५ विन्दुमा पुगेको हाे ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंक समूहको एक सय ४० अङ्कले, जलविद्युतको ६० अङ्कले, फाइनान्सको ८७ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर एक सय ३६ अङ्कले बढेको छ ।

यस्तै होटलको ३६, जीवन बीमा समूहको तीन सय ७, निर्जीवन बीमा समूहको दुई सय ६५, उत्पादन समूहको एक सय ७ र अन्य समूहको शेयर ११ अङ्कले बढेको छ । शेयर बजार बढे पनि कारोबार रकम भने घटेको जनाइएकाे छ ।

हिजो तीन अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज जम्मा दुई अर्ब ९९ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज दुई सय २३ कम्पनीका ४१ हजार कारोबारबाट ५८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिखर इन्स्याेरेन्सको १३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भयो । 

आज मल्टिपर्पोज फाइनान्स, हिमालयन पावर पार्टनर र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनआईसी एसिया लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो