९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

२१ आश्विन २०७८, बिहीबार ०५:५६

असोज २१ ,  काठमाडौं , न्युज कारखाना। लोअर इर्खुवा हाइड्रोपावरले साधारण (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनी जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई र २० प्रतिशत अर्थात् १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । इर्खुवा हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीकोतर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कविचन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल कम्पनीको अधिकृत पुँजी ९० करोड, जारी पुँजी ७० करोड र चुक्ता पुँजी ४९ करोड रहेको छ । आईपीओ निष्कासनपश्चात यसको पुँजी ७० करोड पुग्नेछ ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर ईर्खुवा जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा