२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीमा अलपत्र नेपाली किशोर बाल गृह पुगे, प्रवासीले उद्धार गरेर आफन्तकाे जिम्मा लगाए

२०७८, २३ आश्विन शनिबार ०४:२७

असोज २३, बुटवल, न्युज कारखाना। भारतीय बाल गृहमा आश्रय लिइरहेका दुई किशोरलाई प्रवासी नेपाली मित्र मञ्च भारत र मानव कल्याण मित्र मञ्च नेपालले उद्धार गरेका छन् । भारतकाे दिल्लीस्थित फैजावाद बाल गृहमा तीन वर्षदेखि राखिएका प्रेम कार्की भनेर चिनिने सुमन परियार र भीम थापालाई उद्धार गरी नेपाल ल्याइएको हो । सुमनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमार्फत् अभिभावकको जिम्मा लगाइएको छ भने भीमको परिवार फेला नपरेका कारण कोटिहवा बाल गृहमा राखिएको छ ।

प्रवासी नेपाली मित्र मञ्च भारतका अध्यक्ष विष्णु खनाल र दिल्ली राज्य अध्यक्ष बाबुराम थापाले बाल गृहबाट उद्धार गरिएका दुई किशोरलाई नेपाल ल्याएका थिए । मानव कल्याण मित्र मञ्चले किशोरको घर ठेगाना पत्ता लगाउने, अभिभावकलाई बोलाउने लगायतको भूमिका निर्वाह गरेको थियो । सुमन परियार डुम्रेखोला १ सर्लाहीका हुन् । तीन वर्षअघि १२ वर्षको उमेरमा घरबाट भागेका सुमनलाई लिन आमा सीतामाया परियार आइपुगेकी थिइन् ।

'घरबाट एकाएक छोरा हरायो, मावल लगायत आफन्तकहाँ खोजे,' सीताले भनिन्, 'बाटो हेरेर बसेका थियौं, संस्थाले खोजेर ल्याइदियो, निकै खुसी लागेको छ ।'

भागेर भारतको दिल्ली पुगेका सुमन केही दिन काम गरेपछि रेल वे स्टेशनमा अल्मलिएका थिए । उनलाई प्रहरीले बाल गृह पठाएको थियो ।

रुकुमको सिस्ने ६ धाउने घर बताउने भीम भने बाबु आमासँगै भारतको केरलाबाट फर्किदै गर्दा दिल्ली रेल स्टेशनमा हराएका थिए । १२ वर्षको उमेरमा हराएका उनलाई प्रहरीले बाल गृह पठाएको थियो ।

उनीहरु बाल गृहमा रहेको मञ्चले जानकारी पाएपछि नेपाली दुतावासको समन्वयमा उद्धार प्रक्रिया सुरु भएको थियो । मञ्चले घर ठेगाना, अभिभावक र अन्य आवश्यक समन्वय मिलाएपछि उद्धा भएको हाे । मञ्चका अध्यक्ष अर्यालले यस वर्ष मात्रै ११ जनाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांकमा ४० बालक र १२२ बालिका हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा परेको जानकारी महिला सेल इञ्चार्ज प्रहरी सहायक निरीक्षक मिनाकुमारी आचार्यले दिइन् । तीमध्ये ३० बालक र ८२ बालिका भेटिए पनि अन्यको भने अत्तोपत्तो छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै