2026-09-22 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

असोज २३ , काठमाडौँ | एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि आज शनिबार चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे हुने फाइनल खेलले विजेता पाउने पक्का छ । 

शनिबार दुवै टोली ईपीएलमा पहिलो पटक उपाधि हात पार्ने दाउमा हुनेछन् । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा र सोमपाल कामीको कप्तानीमा रहेको चितवन पहिलो पटक फाइनलमा पुगेका हुन् । 

यसअघि इपिएलको पहिलो संस्करणको पन्चकन्या तेजले (सन् २०१६), दोस्रो संस्करण सन् २०१७ विराटनगर वारियर्स र तेस्रो संस्करण सन् २०१८ ललितपुर प्याट्रियटर्सले जितेको थियो । 

यसअघि चितवन लिगमा ५ खेलमा जित र १ हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पहिलो क्वालिफायर चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो । लिगमा पनि चितवनले पोखरालाई ९ विकेटलेनै पराजित गरेको थियो । 

पोखरा ५ खेलमा ३ जित र १ मा हार र एक खेलमा अंक बाँडदै ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पोखराले भैरहवा ग्ल्याडियटर्सलाई क्वालिफायरमा ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 

यसअघि बिहीबार भएको प्रि म्याच फाइनल पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले उपाधि आफ्नो टोलीले जित्ने दाबी गरेका थिए । ईपीएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु