८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१६ कात्तिकमा शिवम सिमेन्ट्सले बोलायो साभारणसभा, लाभांश कति ?

२४ आश्विन २०७८, आईतवार ०५:३५

असोज २४, काठमाडौँ, न्युज कारखाना | शिवम सिमेन्ट्सले गत आर्थिक २०७७/०७८ वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले १६ कात्तिकमा होटल सोल्टी काठमाडौंमा बिहान १० बजे छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको हो। 

कोरोना भाइरसका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत अर्थात् एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । शिवमले दिन लागेको यो हालसम्मकै धेरै लाभांश हो ।

गत आर्थिक वर्षमा कम्पनीले सेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सभामा सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेलगायतको एजेन्डा छ । 

कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागि हुन इच्छुक शेयरधनीहरूलाई कम्पनीले भिडियो कन्फ्रेन्स मार्फत जुम आईडी र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले ८ कात्तिकमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, ७ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा