2026-09-22 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भारतसँग १-० गोल अन्तरले पराजित, माल्दिभ्स शिर्ष स्थानमा

असोज २४, काठमाडौँ | साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेल अन्तर्गत नेपाल र भारतबीच भएको खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भएको छ । खेलको ८२ औं मिनेटमा भारतका सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल भारतसँग पराजित हुन पुगेको हो ।

नेपालले खेलको सुरुवातदेखिनै भारतलाई स्कोर खडा गर्न रोकेर राख्ने रणनीति अनुसार खेलेको थियो । यस बीचमा नेपालले काउन्टरमा केहि अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । भारतले पनि केहि अवसर सिर्जना गर्यो तर भारतको आक्रमणलाई कप्तान किरणले रोक्न सफल भएका थिए । तर खेलको अन्तिम समयमा डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा सुनिलले विजयी गोल गरे । जुन गोलले भारतको लागि फाइनल पुग्ने सम्भावनालाई बलियो बनाईदिएको छ ।

नेपालबिरुद्ध गोल गर्ने अवसरहरुलाई निस्तेज पार्दै नेपाल खेलको बराबरीतर्फ उन्मुख हुँदै थियो । सुरुवातदेखि एकै लयमा खेलेको नेपालले भारतको गोलसँगै गोलको लागि धेरै प्रयास गर्यो तर भारतको रक्षा पंक्तिले नेपालको आक्रामक प्रयासलाइ रोक्न सफल भए । 

भारतको लागि ८२ औं मिनेटमा गोलको अग्रता हाँसिल गर्ने क्रममा फारुख चौधरीको फ्लिक हेडरमा सुनिलले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । त्यसपछि ८६ औं मिनेटको खेलमा अन्जनको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै भारतका गोलरक्षक गुरप्रितले बचाउ गर्दै भारतको खतरालाई टारेका थिए । त्यसपछि ९० औं मिनेटमा सुमन अर्यालको पासमा नेपालले गोल गर्ने उत्कृष्ट अवसर रहेपनि आयुष घलान बलसम्म पुग्न सकेनन् ।

भारतबिरुद्धको खेलमा प्रशिक्षक अलमुताइरीले मनिष डाँगीलाई एकल फरवार्डको रुपमा उतारेका थिए । उनलाई सुमन लामा र सुजल श्रेष्ठले विंगमा साथ दिए । त्यस्तै मिडफिल्डमा तेज तामाङ र पुजन उपरकोटीको जोडी थियो । डिफेन्समा अनन्त तामाङ, रोहित चन्द, दीनेश राजवंशी, गौतम श्रेष्ठ र सुमन अर्याल रहंदा गोलरक्षकमा कप्तान किरण चेम्जोङ खेलेका थिए । 

नेपालले पहिलो हाफमा भारतलाई गोल गर्न दिएन । दोश्रो हाफमा मनिषको स्थानमा अन्जन विष्टले भारतबिरुद्ध गोल गर्ने जिम्मेवारी पाए । त्यसपछि ६० औं मिनेटमा सुजलको स्थानमा सुरज र ८१ औं मिनेटमा सुमनको स्थानमा आयुष खेलमा उतारिएका थिए ।

आजको खेल हारसँगै नेपाल २ खेलमा ६ अंकसहित दोश्रो स्थानमा झरेको छ । नेपालले हारेपछि पहिलो स्थानमा ३ खेलमा ६ अंक पाएर माल्दिभ्स छ । त्यस्तै तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेर भारत रहेको छ, साथै चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेर बंगलादेश छ । यता श्रीलंका भने ४ खेलमा १ अंक मात्र जोड्न सफल भई प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशको सामना गर्दैछ । सोहि दिन रातको ९:४५ बजे माल्दिभ्स र भारत खेल्दैछन् ।

खेलको हालसम्मको नतिजा हेर्दा नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे फाइनल प्रवेश गर्ने सम्भावना छ । नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्न सके भारत र माल्दिभ्सको विजेतासँग फाइनल खेल्नेछ । उता माल्दिभ्सले भारतसँग बराबरी खेलेमा माल्दिभ्स पनि फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु