२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएफसी यू-२३ छनोट खेल्ने खेलाडीले दशै बिदा नपाउने !

२७ आश्विन २०७८, बुधबार ०७:१८

असोज २७, काठमाडौं | अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू-२३ टोलीलाई दसैंमा बिदा नदिने भएको छ ।

आगामी ८ कार्त्तिकदेखि सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई क्लोज क्याम्पबाट नछाड्ने एन्फाले निर्णय गरेको हो । हाल क्लोज क्याम्पका लागि एन्फाले खेलाडीलाई होटलमा राखेको छ । एन्फाले उपत्यकामै परिवार भएका खेलाडीको हकमा भने टीका दिनमात्रै परिवारलाई जिम्मा लगाएर छाड्ने बताइएको छ ।

'टीकालगत्तै खेल्न जाने भएकाले खेलाडीको फिटनेशलाई मध्यनजर गर्दै यसपटक दसैंमा घर जान पाउने छैनन् । उपत्यकामा परिवारसँग रहेका खेलाडीको हकमा भने सोही दिनको लागि मात्रै पारिवारलाई जिम्मा लगाएर जान दिन्छौं ।' यू-२३ राष्ट्रिय टोलीका व्यवस्थापन (म्यानेजर) उत्तम भण्डारीले न्युज कारखानासँग भने ।

नेपाली टोली २ कार्त्तिकमा प्रतियोगिता खेल्न ताजकिस्तान प्रस्थान गर्नेछ ।

यसअघि १५ असोजमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले  विभागीय नेपाल पुलिस क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेलाउँदै पहिलो चरणमा १० खेलाडीलाई बाहिर राख्दै ३२ खेलाडी  छनोट गरेका थिए ।

उनले आइतबारमात्रै २३ सदस्यीय खेलाडी छनोट गरेका छन् । तर नाम भने सार्वजनिक गरेका छैनन् । केही खेलाडीको अझै फिटनेश समस्या र कतिको एमआरआईको समस्यासमेत देखिएकाले हाल नाम सार्वजनिक गरिएको छैन ।

हाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा यू-२३ टोलीबाट ७ खेलाडी रहेका छन् । मालेमासमेत ती खेलाडी प्लेईङ सेटमा खेलिरहेको र यदि चोट बोकेको अवस्थामा अन्य खेलाडीलाई झिकाउन पर्ने हुँदा अन्तिम २३ नाम सार्वजनिक नभएको स्रोतले न्युज कारखानालाई बतायो ।

यसअघि प्रशिक्षक बालगोपालले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा, प्रिजेन तामाङ, दीपेश आले मगर, दिनेश हेम्जन, धीरज श्रेष्ठ, जया गुरुङलगायत खेलाडीलाई टोली बाहिर राखेका थिए ।

समूह ‘बी’ मा रहेको नेपालले बलियो इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेलमा २५ अक्टोबरमा इरान, यस्तै आयोजक ताजकिस्तानसँग २८ अक्टोबर तथा ३१ अक्टोबरमा लेभलानलाई चुनौती दिनेछ ।

प्रशिक्षक महर्जनले छनोट गरेको ३२ खेलाडीमा हाल साफ च्याम्पियनसिप खेलिरहेको टोलीबाट ७ खेलाडी रहेका छन् । यस्तै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी टोलीमा समावेश छन् ।

प्रशिक्षक बाल गोपालले बाहिर राखेका १० खेलाडी :

गोप्रशिक्षकलरक्षक –सूर्य अघिकारी

मिडफिल्डर – जया गुरुङ, दीपेश आले मगर, लखन लिम्बु, कुशल फुयाँल, सन्जिव विष्ट

स्ट्राइकर – प्रिजेन तामाङ, दीनेश हेम्जन, रेजिन सुब्बा, धीरज श्रेष्ठ,

नेपाली ३२ टोली :

गोलरक्षक– अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, रोहित कार्की

डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रन्दीप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, आदिल हमिद,

मिडफिल्डर – अशोक थापा, अनिल महर्जन, अभिषेक लिम्बु, शिब गुरुङ, नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, दिनेश गुरुङ, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

स्ट्राइकर :  रितिक खड्का, मनिष डांगी, अभिषेक रिजाल, दर्शन गुरुङ, बुद्ध बल तामाङ,राजिब लोप्चान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता