२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

२०७८, ६ कार्तिक शनिबार ०६:१४

कात्तिक ६, बुटवल | भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न नहुँदा त्यसको फाईदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन् । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै बनेको भए उनीहरु सिधै लुम्बिनी आउँथे । 

पर्यटकहरुको सिधा आगमन नेपालमा रोक्नका लागि भारतले लुम्बिनीदेखि नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्न खोजेको पर्यटन व्यवसायी सन्जय बजिमय बताउँछन् । 

भैरहवा विमानस्थल समयमै बनेको भए बुद्ध सर्किट घुम्न आउने पर्यटक पहिला लुम्बिनी आएर कुशीनगर जान सक्थे । यसले नेपाली टुर अपरेटर, होटलहरुले प्रत्यक्षरुपमा बढी फाइदा लिन सक्थे । 

चार वर्षअघि नै सम्पन्न गरिसक्नुपर्ने  भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुंगो छैन । सरकारी अधिकारीले काम ढिला हुनुमा कोभिडलाई कारण देखाएका छन् । लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाइएको हो ।

आर्थिक वर्ष २०७२/७३ मा सुरु गर्दा तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको थियो । त्यो समय गुज्रिएर चार वर्षबितिसकेको छ । तर काम अझै सकिएको छैन । बजेटका कारण काम सुस्त भएको भने होइन । करिव ३१ अर्व लागेको यो आयोजना ढलाई हुनुमा कोभिड नै मुख्य कारण रहेको विमानस्थलका अधिकारीहरु बताउँछन् । विमानस्थल आयोजनाले करिव ९८ प्रतिशत भौतिक प्रगति भएको भनेको छ । तर विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भन्ने कुराको टुंगो छैन । आयोजनाका प्रमुख प्रवेश अधिकारीले सम्झौता अनुसार विदेशबाट आउनुपर्ने निर्माण व्यवसायीहरु नआउँदा समय लागेको बताए । 

सञ्चालनपुर्व गरिने परीक्षण उडानको पनि टुंगो लागेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटको लागि भारतलाई औपचारिक आग्रह गरेको छ ।  भैरहवामा एयर थाईले क्यालिब्रेसन फ्लाइट गर्ने भनिए पनि भारतले सहमति नदिंदा परीक्षण उडान हुन सकेको छैन । नेपालमा विमानस्थल निर्माणमा ढिलाई हुनु र सीमा नजिकै ठूला विमानस्थल निर्माण हुनुले लुम्बिनीलाई असर गर्न सक्ने नेपाल टुर्स एण्ड ट्राभल एजेन्टका प्रवन्ध निर्देशक समेत रहेका बजिमयको तर्क छ ।

‘नेपालले विमानस्थल समयमै निर्माण गर्न नसक्नु र भारतले बौद्ध क्षेत्रमा धमाधम विमानस्थल बनाउनुले भारतलाई फाइदा पुग्ने देखिन्छ’ , उनले भने । श्रीलंकाको राजधानी कोलम्बोबाट एक सय ५० जना सन्त तथा प्रतिष्ठित व्यक्तिहरुलाई लिएर आएको जहाजलाई अवतरण गराएर कुशीनगर अन्र्ताष्ट्रिय विमानस्थलको उदघाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने