७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार कारोबार दशैँ बिदापछिकै सबैभन्दा धेरै

८ कार्तिक २०७८, सोमबार ०९:४५

कात्तिक ८, काठमाडौँ | शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि बढेको छ । हिजो २७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ८७ अङ्कभन्दा धेरैले बढेर दुई हजार ६ सय ७२ दशमलव २५ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेको छ । आज बैंकिङ समूहको शेयर ३७ अङ्कले, होटलको ८१, विकास बैंक तीन सय एक, हाइड्रोपावर दुई सय, र फाइनान्स एक सय ७६ अङ्कले बढेको छ । 

त्यस्तै निर्जीवन बीमा समूहको शेयर चार सय ६७ अङ्कले, माइक्रोफाइनान्स एक सय २१ र जीवन बीमा समूहको शेयर पाँच सय ३७ अङ्कले बढेको छ । 

आज कारोबार रकम पनि बढेको छ । केही दिनयता कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेकोमा आज भने चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आज ८३ लाख ९५ हजार कित्ता शेयर ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम दशैँ बिदापछिकै सबैभन्दा धेरै हो । 

आज १७ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज शाङ्ग्रिला विकास बैंक डिबेन्चरको शेयर भने चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी