२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

८ कार्तिक २०७८, सोमबार १३:१३

कात्तिक ८, झापा | पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् । 

हुलाकी राजमार्ग बनिसकेको दाबी गर्छन् । सोमबार उनको निर्वाचन क्षेत्रअन्तर्गत गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत प्राविधिक त्रुटिका कारण रतुवामा पुल बन्न नसकेको बताए । उनले कहीँकहीँ वन क्षेत्र परेर समस्या भएको बताए । ‘हुलाकी राजमार्ग बनिसक्यो । बीचमा रतुवाको एउटा पुलले गर्दा अड्किएको छ । त्यसका लागि पनि अहिले स्टिमेट भइरहेको छ । त्यो पनि छिट्टै हुन्छ’ऽ ओलीले भने, ‘बीचमा केही वन क्षेत्रले रोकिएको छ । त्यो पनि बनाउने प्रयास गर्छौं । दुई दशकदेखि कुरा मात्र भयो । बनेन । हुलाकी राजमार्ग आफैँ बनाउँछौँ भनेर छ वर्षअघि मैले भनेको थिएँ । केही ठाउँमा पूरा हुन बाँकी छ । त्यो पूरा गर्छौं ।’

तर, बाँकी ठाउँमा हुलाकी राजमार्ग बनेको उनको दाबी थियो । अवस्था भने त्यस्तो छैन । उनको यो प्रचार झुट हो । हुलाकी राजमार्गमा पर्ने झापा खण्ड गौरीगंजदेखि भद्रपुरसम्म बनेको छ । सडकको काम भएको छ । तर, दशकसम्म विभिन्न नदीमा पुल नबन्दा झापाभरि पनि हुलाकी राजमार्गबाट यात्रा गर्न सक्ने अवस्था छैन । 

कतिपय पुल एमाले निकट ठेकेदारले ठेक्कामा लिएर अलपत्र पारेका छन् । केही पुल दशकपछि काम भइरहेको छ । तर, उनले भनेजस्तो रतुवामा मात्र हुलाकी राजमार्गमा अन्य आधा दर्जन पुलहरू अलपत्र छन्, जसका कारण स्थानीयको यात्रा जोखिमपूर्ण छ । बर्खामा ठूला नदीहरूमा पैसा तिरेर डुंगाबाट नदी पार गर्नुपर्ने बाध्यता छ । हिउँदमा पनि बाँसको पुलमा पैसा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ । 

हुलाकी राजमार्गअन्तर्गत माई नदीमा पुल निर्माण सुरु गरेको एक दशक नाघ्यो । तर, अहिलेसम्म पुल निर्माण भएको छैन । ३१ जेठ २०६८ मा पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले यो पुल ठेक्का लिएका थिए । चार वर्षमा सक्ने गरी ३४ करोड रुपैयाँमा ठेक्का लिइएको यो पुलमा अहिले पिल्लरबाहेक अरू केही काम भएको छैन । 


७२४ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नुपर्ने थियो । तर, हालसम्म आधा मात्र काम भएको छ । यो पुलको ठेक्का निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लिएका हुन् । यस्तै, अर्को ठूलो नदी बिरिङको हालत पनि उस्तै छ । एमाले अध्यक्ष ओली निकट निर्माण व्यवसायी मदन अधिकारीको मैनाचुली कन्स्ट्रक्सन र लामा कन्स्ट्रक्सनले ठेक्का लिएका हुन् ।

अधिकारी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका श्रीमान् हुन् । ३१९ मिटर लामो पुल निर्माण २०७३ सालमै निर्माण सम्पन्न गर्नुपर्ने हो । २०६८ वैशाखमा १५ करोड ५० लाख ५८ हजार रुपैयाँमा ठेक्का लागेको पुल अझै अलपत्र छ । यससँगै हुलाकी राजमार्गमा पर्ने किस्नी खोलाको पुल पनि अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन । यद्यपि, समय सकिए पनि यो पुलको निर्माण कार्य अहिले भने धमाधम भइरहेको छ । 

यस्तै, गौरीगंजको रतुवा, लेहरा, कमल, भुत्नी खोलालगायत खोलाका पुल अलपत्र छन् । ओलीले भने रतुवा खोलाको मात्र समस्या देखे । रतुवा खोलामा बनेको पुल नदीको चौडाइभन्दा कम बनेपछि समस्या भएको हो । निर्माण सकिएको भनेर यो पुल ठेकेदार कम्पनीले जिम्मा लगाइसकेको छ । यद्यपि, पुल भने खोलाभन्दा सानो छ । 

सोमबार पूर्वप्रधानमन्त्री ओलीले गौरीगंजमा दसैँ, तिहार, छठलगायत पर्वको उपलक्षमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा भने, ‘चार्डपर्वले सबैलाई सद्बुद्धि देओस् । सबैले सही कुरा बोलून् ।’ तर, ओली आफैँले केहीबेरअघि गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत रतुवा पुल मात्र बन्न बाँकी रहेको भन्दै झुट बोले ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा