१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एशियन लाइफले घोषणा गर्यो नयाँ बोनसदर

९ कार्तिक २०७८, मंगलवार ०८:१५

कात्तिक ९, काठमाडौं | एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न शिर्षकमा न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ०७६/०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्यांकनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको ३ कात्तिकको पत्रमार्फत स्वीकृत भई बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । 

सावधिक तथा आजीवन बीमालेख

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर रहेको छ । कम्पनीको यस बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढीको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर घोषणा गरेको छ । 

बालबालिकाको सावधिक जीवन बीमालेख

बालबालिकाको सावधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ६० रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दामाथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।  

सावाधिक जीवन बीमालेख

कम्पनीका अनुसार सावाधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ६० रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दामाथिका लागि प्रतिहजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । 

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्ष अवधिको लागि ४४ रुपैयाँ, १२ वर्ष अवधिको लागि पनि प्रतिहजार ४४ रुपैयाँ, १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, १८ वर्ष अवधिको लागि प्रतिहजार ५८ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।   

नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस बीमालेख

नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस बीमालेखमा न्युनतम ३२ रुपैयाँदेखि ५८ रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५८ रुपैयाँसम्म बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन