2026-10-12 09:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एशियन लाइफले घोषणा गर्यो नयाँ बोनसदर

कात्तिक ९, काठमाडौं | एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न शिर्षकमा न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ०७६/०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्यांकनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको ३ कात्तिकको पत्रमार्फत स्वीकृत भई बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । 

सावधिक तथा आजीवन बीमालेख

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर रहेको छ । कम्पनीको यस बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढीको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर घोषणा गरेको छ । 

बालबालिकाको सावधिक जीवन बीमालेख

बालबालिकाको सावधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ६० रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दामाथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।  

सावाधिक जीवन बीमालेख

कम्पनीका अनुसार सावाधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ६० रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दामाथिका लागि प्रतिहजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । 

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्ष अवधिको लागि ४४ रुपैयाँ, १२ वर्ष अवधिको लागि पनि प्रतिहजार ४४ रुपैयाँ, १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, १८ वर्ष अवधिको लागि प्रतिहजार ५८ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।   

नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस बीमालेख

नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस बीमालेखमा न्युनतम ३२ रुपैयाँदेखि ५८ रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५८ रुपैयाँसम्म बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम